काठमाडौं : नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्माले कात्तिक २३ गतेदेखि भारत भ्रमण गर्ने भएका छन्। भारतीय समकक्षी एमएम नरवणेको औपचारिक निमन्त्रणामा शर्माले चारदिने भ्रमण गर्ने नेपाली सेनाले जनाएको छ।
भ्रमणका क्रममा शर्मालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले मानार्थ महारथीको दर्जाबाट सम्मानित गर्ने कार्यक्रम रहेको छ। सोही अवसरमा शर्माले आफ्ना समकक्षी जनरल नरवणे लगायत भारतीय सेनाका विभिन्न अधिकारीसँग भेटघाट गर्ने बताइएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया