Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

माओवादीलाई सिध्याउन प्रचण्डमाथि हमला भयो : शर्मा

हेटौंडा : अर्थमन्त्री जनार्दन शर्माले माओवादीलाई समाप्त गर्न प्रचण्डमाथि हमला भएको बताएका छन्।

आइतबार हेटौंडामा भएको वाइसिएल हेटौंडाको प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै माओवादी स्थायी कमिटी सदस्य समेत रहेका अर्थमन्त्री शर्माले यस्तो बताएका हुन्। उनले संविधानमाथि हमला गरेका प्रतिगमनकारी तत्वले माओवादी समाप्त गर्न प्रचण्डमाथि हमला गर्ने काम भइरहेको बताए।

‘समाजवादको लक्ष्यतर्फ अघि बढ्नका लागि भए पनि माओवादी र प्रचण्डको रक्षा गर्नुपर्छ’, उनले भने। शर्माले संविधानमाथि हमला गर्ने प्रतिगमनकारी तत्त्वसँग लडेर संविधानको रक्षा गर्न गठबन्धन सरकार बनेको बताए। उनले प्रतिगमनकारीको चुनौती स्विकार्दै पुनः उनीहरूलाई पराजित गर्ने चुनौती दिए। 

मन्त्री शर्माले माओवादीले प्रत्येक वडामा ३ वटा एकाइ गठन गर्ने र सो एकाइलाई उत्पादनसँग जोडेर युवालाई रोजगार बनाउने योजना रहेको सुनाए। शर्माले आगामी पु्ससम्म माओवादीले ३० लाख संगठित शक्ति निर्माण गर्ने दाबी समेत गरे।

उनले माओवादीले सहिद, घाइते र बेपत्ता पारिएको परिवारलाई ध्यान दिन नसकेको भन्दै उनीहरूसँग सहकार्य गरेर माओवादी अघि बढ्ने बताए। शर्माले पार्टीको निर्देशनविपरीत नजाने भन्दै प्रचण्डसमक्ष शपथ खाएर मात्रै आफू सरकारमा गएको भन्दै पार्टीको योजनाअनुसार देश र जनताको हितमा काम गर्ने जिकिर गरे।

कार्यक्रममा सरकारले गरेको कामहरूको फेहरिस्त सुनाएका मन्त्री शर्माले देशभर बन्द रहेका उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारको योजना र तयारी रहेको बताए। उनले हेटौंडामा लामो समयदेखि बन्द रहेको कपडा उद्योग पनि चाँडै सञ्चालनमा ल्याइने जानकारी दिए। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP