Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

मूल्यवृद्धिविरुद्ध विज्ञप्तिमै सीमित विद्यार्थी संगठनहरू

काठमाडौं : नेपाल आयल निगमले शुक्रबार रातिबाट उपभोक्ताको ढाड सेक्नेगरी इन्धनको मूल्य फेरि बढाएको छ। खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धनको मूल्य बढेको छ।

निगमले खाना पकाउने एलपी ग्यासको प्रतिसिलिण्डर ५० रुपैयाँ बढाएको छ। अब प्रतिसिलिण्डरको मूल्य १५ सय रुपैयाँ पुगेको छ। यसअघि २५ रुपैयाँले बढ्ने गरेको ग्यासको मूल्य सिलिण्डरमै ५० बढ्दा उपभोक्ताहरू मारमा परेको छन्। 

गत शनिबार अखिल (क्रान्तिकारी),अनेरास्ववियू,समाजवादी विद्यार्थी युनियन,अखिल छैठौँ,अखिल क्रान्तिकारी र अखिल क्रान्तिकारी गरी ६ संगठनले संयुक्त विज्ञप्ति मात्रै जारी गरेको छ। यसविरुद्ध शसक्त आन्दोलन भने गर्न सकेका छैनन्।  

कुनमा कति मूल्य बढ्यो ?

निगमले पेट्रोलको साविकको बिक्री मूल्यमा तीन रुपैयाँले वृद्धि गरेको छ। जस अनुसार अहिले एक सय ३३ रुपैयाँ कायम भएको छ। डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर तीन रुपैयाँले नै बढेर एक सय १६ रुपैयाँ पुगेको छ।

यस्तै,आन्तरिक तथा बाहृय हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ९६ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य अमेरिकी डलर आठ सय ५३ प्रति किलो लिटर निगमले कायम गरेको छ।

‘सरकारले मूल्यवृद्धि रोक्नु पर्‍याे’

उपभोक्ता हित संरक्षण मञ्च नेपालका उपाध्यक्ष सुवर्णप्रभा गुरागाईं पेट्रोलियम पदार्थ लगायतको उपभोग्य वस्तुको मूल्यवृद्धि रोक्नुपर्ने माग गर्छिन्। चाडबाडको बेला पेट्रोलियम पदार्थमा मात्र नभई खाधान्न सामग्रीमा पनि मूल्यवृद्धि गरिएकाे उनले बताइन्।

यसलाई प्राथमिकताका साथ बजार अनुगमन गरी कानुनी दायरामा ल्याउनुपर्ने उनी बताउँछिन्। ‘यसरी मूल्यवृद्धि हुँदा नागरिक मारमा पर्छ, कसरी भान्छा चुलो बल्छ?,सरकारले पटक-पटक भएको मूल्यवृद्धि रोक्नुपर्‍याे,बढाउने हाेइन,’उपाध्यक्ष गुरागाईंले भनिन्।

यसो भन्छन् विद्यार्थी संगठन

नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्वियूका अध्यक्ष सुदेश पराजुली चाडबाडका कारण आन्दोलन गर्न समस्या भएको बताउँछन्। उनले भने,‘मूल्यवृद्धिविरुद्ध आन्दोलन गरिरहेका छौँ,तर आउँदै गरेको तिहारले सडकमा उत्रिन अलिक समस्या भएको छ,जसरी भएपनि यो मूल्यवृद्धि खारेज हुनुपर्ने र नभएसम्म आन्दोलन जारी नै राख्ने छौँ।’

आयल निगमका जिएमलाई बर्खास्त नगरिएसम्म यसैगरी जनतालाई निगमले दुख दिइरहने उनको भनाइ छ। अखिल(क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंहले भोलि(मंगलबार) सात वटै विद्यार्थी संगठन बैठक बसी थप शसक्त आन्दोलनको कार्यक्रम घोषणा गर्ने जानकारी दिइन्।

‘मूल्यवृद्धिविरुद्ध आन्दोलन जारी न छै,यसविरुद्ध विज्ञप्ति पनि जारी गरेका छौँ,भोलि बैठक बसी थप आन्दोलनका कार्यक्रम घोषणा गछौँ,’उनले भनिन्। कांग्रेस निकट नेविसंघका अध्यक्ष राजीव ढुंगाना मूल्यवृद्धिविरुद्ध पटक-पटक सरकारलाई चेतावनी दिइरहेको बताउँछन्।

‘बढी चाडबाडकै बेला विभिन्न वस्तुको मूल्यवृद्धि हुने गरेको छ,’उनले भने,‘यसले नागरिकलाई धेरै समस्या पारेको छ,त्यसैले हामी यसविरुद्ध उत्रिरहेका छौँ।’ सडक आन्दोलनमा पनि उत्रिने उनको भनाई छ।

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुनिता बराल मूल्यवृद्धिविरुद्ध भोलिबाट सडकमा आन्दोलन गर्ने बताउँछिन्। उनले भनिन्,‘चाडबाडको बेला जिविकाेपार्जनका वस्तुमा मूल्यवृद्धि गरिएको छ, यसले आम जनतालाई कठिन बनाएको छ, आज निगमका जिएमलाई भेटेर मूल्य खारेजीको ज्ञापनपत्र बुझाउने भनेका थियौँ, उहाँ सम्पर्कमा नै आउनुभएन।’

उनका अनुसार भोलि(मंंगलबार) बिहान निगमको कार्यालयमा ज्ञापनपत्र बुझाउने र धर्ना दिने कार्यक्रम छ। ‘त्यही कार्यक्रममा अरु आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गर्ने छौँ,’उनले भनिन्।  

मूल्यवृद्धि घटाउनुको साटो उल्टै मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १२.५५, डिजेलमा प्रतिलिटर ११.६७ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर चार सय ६१.२२ रुपैयाँ घाटा हुने दाबी निगमकाे छ। प्रतिमहिना चार अर्ब घाटा बेहोर्नुपरेको भन्दै मूल्यवृद्धि गर्नुपरेको निगमको तर्क छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP