Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

कांग्रेस महाधिवेशनको मिति अब हेरफेर नहुने वरिष्ठ नेता पौडेलको ठोकुवा

जनकपुरधाम : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्लो पटक सार्वजनिक गरिएको पार्टी महाधिवेशनको समय तालिका नै अन्तिम रहेको ठोकुवा गरेका छन्।

नेपाल प्रेस युनियन धनुषाले आज (सोमबार) जनकपुरधाममा गरेको पत्रकार सम्मेलनमा उनले यस पटक तोकिएकै मितिमा पार्टी महाधिवेशन हुने र अब महाधिवेशनको कार्यतालिका कुनै पनि हालतमा हेरफेर नहुने दाबी गरे।

उनले भने, ‘यस पटक तोकिएको महाधिवेशन तालिकामा कुनै किसिमको फेरबदल हुँदैन। मंसीर २४-२६ मै महाधिवेशन हुन्छ।’

कांग्रेसमाथि जनताको भरोसा बढेको उल्लेख गर्दै उनले पार्टीलाई जनताको थप भरोसाको केन्द्र बनाउन तथा प्रजातन्त्रको दरिलो संवाहक बनाउन आफू लागि परेको पनि बताए।

पौडेलले पार्टी सभापति मधेसी समुदायबाट बने पनि फरक नपर्ने बताउँदै भने, ‘पार्टीको सभापति टीका लगाएर दिने कुरा आउँदैन, सभापतिमा मधेसबाट नै बने फरक पर्दैन। तर, यसको निर्णय कार्यकर्तामा छोड्नुपर्दछ।’

पार्टी नेतृत्वमा पुस्तान्तरणभन्दा रूपान्तरणको आवश्यकता भएको बताउँदै उनले रूपान्तरणका लागि कार्यक्रम, योजना, सोच, विचार राम्रो ल्याएर राष्ट्र हाँक्न र प्रतिपक्षीसँग सामना गर्न सकिने नेतृत्व चाहिएको बताए।

उनले भने, ‘युवा, महिला, मधेसी, पहाडी, जनजातिभन्दा राष्ट्र हाँक्न सक्ने व्यक्तिको माग छ।’

नेता पौडेलले अगाडि थपे, ‘सबैलाई एक ढिक्का बनाएर अघि बढ्नसक्ने, राष्ट्रलाई हाँक्नसक्ने व्यक्तिलाई सभापतिको जिम्मेवारी दिइनु पर्दछ। पार्टी सभापतिको जिम्मेवारी दिने जिम्मा कांग्रेसी कार्यकर्ताको जिम्मामा छोड्नु पर्छ, न कि भागबन्डाको आधारमा।’

पार्टी सभापति शेरबहादुर देउवा सेटिङका आधारमा प्रधानमन्त्री नबनेको बताउँदै उनले देउवा संविधानको मर्म तथा विधि प्रक्रियाअनुसार नै प्रधानमन्त्री बनेको जिकिर गरे।

सरकारले गति लिन नसकेकोमा भने उनले चिन्ता व्यक्त गर्दै भने, ‘सरकारले गति लिन सकेको छैन, सरकारले पूर्णता पाएको छ, विश्वास गरौँ चाँडै नै कामले पनि गति लिन्छ।’

वरिष्ठ नेता पौडेलले वर्तमान अवस्थाको सरकार गठबन्धन भए पनि आगामी निर्वाचनमा कांग्रेसले एक्लै चुनाव लड्ने पनि स्पष्ट पारे।

उनले अहिले राज्यका सबै अंगमाथि प्रश्नचिन्ह उठेको बताए। उनले संसद्, संवैधानिक निकाय, अदालत र राजनीतिक पार्टी समेतले आफ्नो भूमिका प्रभावकारी रुपमा खेल्न नसकेको बताए।

देशमा पार्टी व्यवस्थित रुपमा चल्नुपर्ने, संवैधानिक निकायहरु व्यवस्थित रुपमा चल्नुपर्ने र अदालत पनि मर्यादामा रहनुपर्ने उनको भनाइ थियो।

उनले न्यायपालिकामा देखिएको समस्याको विषयमा पार्टीको धारणा आउनु पर्छ भन्ने पक्षमा आफू रहेको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP