Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

प्रधानन्यायाधीश जबरा तत्काल राजीनामा देऊ : रामचन्द्र पौडेल

हेटौंडा : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई तत्काल राजीनामा दिन सुझाव दिएका छन्।

मंगलबार बिहान नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पौडेलले राजनीतिक दलहरूसँग सेटिङ गरेर न्यायालयलाई दूषित बनाएको भन्दै छिटोभन्दा छिटो पदबाट राजीनामा दिन प्रधानन्यायाधीश जबरालाई सुझाव दिएका छन्।

यस्तै‚ उनले सम्मानजनक बिदाइ चाहिएको भन्ने प्रधानन्यायाधीशले चाँडो पद छाडे सम्मान पाउने पनि सुझाव दिएका छन्। ‘प्रधानन्यायाधीशले सम्मानजनक बिदाइ माग्नुभएको छ भन्ने सुनेको छु‚’ वरिष्ठ नेता पौडेलले भने‚ ‘उहाँलाई सम्मानजनक बिदाइ चाहिएको हो भने जति सक्दो चाँडो पद छोड्यो त्यति सम्मान पाईन्छ। नत्र अरु पनि सेटिङको घटना आइरहन्छन्।’

वरिष्ठ नेता पौडेले आफ्नो स्वार्थका लागि दलहरुले प्रधानन्यायाधीशसँग ‘सेटिङ’ गरेको भन्दै आक्रोश पोखे। प्रधानमन्त्रीहरूले आयुक्त र मन्त्री दिन्छु भन्दै प्रधानन्यायाधीशसँग सेटिङ गरेको आरोप लगाए।

उनले भने‚ ‘मन्त्री दिन्छु,  राजदूत दिन्छु, आयुक्त दिन्छु भन्दै यो देशका प्रधनमन्त्रीहरुले आफूले संवैधानिक ऐन फेरेको, संवैधानिक अंग ध्वस्त पारेको र संविधान मिचेको काममा प्रधानन्याधीशलाई नै साक्षी राख्ने काम गरे।’

‘देउवाले कांग्रेसलाई अनिर्णयको बन्दी बनाए’

वरिष्ठ नेता पौडेलले अर्को सन्दर्भमा कांग्रेस सभापति शेरबहादुर देउवाका कारण कांग्रेस अनिर्णयको बन्दी बनेको दाबी गरे। जबरजस्ती नेतृत्वमा बसेका भन्दै देउवाको आलोचना गरे।

उनले महाधिवेशन गर्न नसक्ने र सत्तामा पुगेर पनि तीन महिनासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको उनको आरोप छ। संविधानको धारा २८१ अनुसार समयमा कांग्रेस महाधिवेशन गर्न नसकेर कांग्रेसले नै कानुन नमानेको भन्दै आगामी निर्वाचनमा कांग्रेसले भाग लिन सक्ने कानुनी हैसियत रहन्छ कि रहँदैन भनी पौडेलले प्रश्न गरे। पार्टीको केन्द्रीय समितिको बैठक पार्टी कार्यालयमा बस्न नसकेर बुढानिलकण्ठमा बस्ने गरेको भन्दै पौडेलले आक्रोस पोखे।

 ‘नेविसंघको हालत के छ? तरुणदल कहाँ छ? महिला संघ के गरिरहेको छ? पार्टी आफैं कहाँ छ?‚’ उनले भने‚ ‘यो हालतको जिम्मेवार को? पार्टीलाई यो हालतमा ल्याउने को हो? अब पनि नचिनेर आफ्नै मान्छे भनेर समाइराख्ने हो?’

नेता पौडेलले कांग्रेसको पुस्तान्तरणको नभई रुपान्तरणको आवश्यक रहेको औल्याएँ। उनले कांग्रेसको महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दै कांग्रेसलाई गुटबन्दीबाट मुक्त बनाउन पनि आग्रह गरे। पौडेलले कम्युनिज्म जनतालाई झुक्याउने र भ्रममा राख्ने पार्टी मात्रै भएकाले देशभरिबाट ढलेको भन्दै लोकतान्त्तिक पार्टी कांग्रेसको अवस्था सुधार्नुपर्ने बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP