Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

प्रदेश २ मा पदकसम्बन्धी विधेयक प्रमाणीकरण, १५ विधामा पदक प्रदान गरिने

जनकपुरधाम : प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले पदकसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन्। प्रदेशमा विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिहरूलाई सम्मान गर्ने उद्देश्यले प्रदेश सरकारले निर्माण गरेको विधेयक प्रदेश प्रमुख मिश्रले मंगलबार प्रमाणीकरण गरेका हुन्।

यसअघि २०७७ असोज २६ मा तत्कालीन प्रदेश प्रमुख डा. राजेश झाले सुझावसहित उक्त विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाएका थिए। झाले प्रदेशमा रहेका प्रदेशबाहिरका स्वदेशी र विदेशीलाई समेत प्रदेश पदकबाट सम्मान गर्न सक्ने व्यवस्था थप गर्न सुझाव दिएका थिए।

तर‚ अहिले झाले फिर्ता गरेका विधेयक नै जस्ताको तस्तै प्रमाणीकरण भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवल जानकारी दिए। यादवले भने, ‘पहिला जुन विधेयक फिर्ता भएको थियो, त्यही विधेयक हुबहु पारित भयो।’

प्रमाणीकरण भएको विधेयकअनुसार विभिन्न १५ विधामा पदक  प्रदान गर्ने व्यवस्था छ। जसमा प्रदेश रत्न, मुख्यमन्त्री प्रज्ज्वल तारा, रमेश महतो पदक, प्रदेश जनसेवा पदक, प्रदेश समाज सेवा श्री, प्रदेश मेधावी पदक, प्रदेश किसान रत्न पदक, प्रदेश विद्याभूषण, प्रदेश सेवा उत्कृष्ट पदक छन्।

यस्तै, प्रदेश शैक्षिक उत्कृष्ट पदक, प्रदेश गौरव पदक, प्रदेश विभूति पदक, प्रदेश सुरवीर पदक, पर्यटन शिखर पदक, सामाजिक अभियन्ता पदक रहेका छन्।

प्रदेशको गरिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बढाएको व्यक्तिलाई प्रदेश रत्न पदक दिइने बताइएको छ। अनुकरणीय भूमिका निर्वाह गरेको व्यक्तिलाई मुख्यमन्त्री प्रज्ज्वल तारा पदक, प्रदेशको पहिचान, उत्थानका लागि योगदान पुर्‍याउने व्यक्तिलाई रमेश महतो पदक पदक दिइनेछ।

जनस्तरमा लोकप्रिय र प्रशंसनीय काम गर्ने जनप्रतिनिधि र समाजसेवीलाई प्रदेश जनसेवा पदक दिइने विधेयकमा उल्लेख छ। यस्तै‚ समाजसेवा, शिक्षा, स्वास्थ्य, वातावरण, दिगो विकास, समाज सुधार, सांस्कृतिक बिषयमा उल्लेख्य योगदान गर्ने व्यक्तिलाई प्रदेश समाज सेवा श्री पदक दिइनेछ।

कला, भाषा, साहित्य, संगीत, शिक्षा, खेलकुद विद्यामा उत्कृष्ट योगदान गर्ने व्यक्तिलाई प्रदेश मेधावी पदक दिइनेछ। प्रदेशभित्रका विश्वविद्यालयबाट विद्यावारिधि गरी प्रदेशमा बसोबास गर्ने व्यक्तिलाई प्रदेश विद्याभूषण दिइने जनाइएको छ।

इमान्दारीपूर्वक, उत्कृष्ट एवं प्रशंसनीय काम गर्ने प्रदेश सरकार मातहतका मन्त्रालय, कार्यालय तथा कर्मचारीलाई प्रदेश सेवा उत्कृष्ट पदक दिइनेछ। शैक्षिक क्षेत्रमा सर्वोत्कृष्ट योगदान पुर्‍याएका विद्यालय, प्रधानाध्यापक र विश्वविद्यालयका पदाधिकारीलाई प्रदेश शैक्षिक उत्कृष्ट पदक दिइनेछ।

प्रदेश सरकारले मनोनित गरेका विभिन्न निकायमा सेवारत रही कुशलतापूर्वक अनुकरणीय जिम्मेवारी पूरा गर्ने व्यक्तिलाई प्रदेश गौरव पदक दिइने जनाइएको छ। संघीयता स्थापनाका लागि जीवन आहुति दिनेलाई प्रदेश विभूति पदक दिइनेछ। विपद् उद्धार क्रममा अभूतपूर्व क्षमता प्रदर्शन गरी वीरता र साहसपूर्ण कार्य गरी उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिलाई प्रदेश सुरवीर पदक प्रदान गरिनेछ।

कृषि क्षेत्रमा र अनुकरणीय कार्य गरी उत्प्रेरक भूमिका खेल्ने किसानलाई प्रदेश किसान रत्न पदक दिइने प्रावधान रहेको छ। प्रदेशभित्रको पर्यटन क्षेत्रको बिषयमा विभिन्न योगदान, उल्लेखनीय योगदान गरेको व्यक्तिलाई पर्यटन शिखर पदक दिइनेछ। यस्तै‚ सामाजिक सद्भाव छुवाछुत तथा सामाजिक विभेद अभियन्ता, सांस्कृतिक पहिचानका उल्लेख्य योगदान गरेका व्यक्तिलाई सामाजिक अभियन्ता पदक दिइनेछ।

पदकसहित नगद पुरस्कार समेत प्रदान गर्न सकिने र नगद पुरस्कारको राशि तथा नगद पुरस्कारसम्बन्धी अन्य व्यवस्थापछि तोकिने विधेयकमा उल्लेख गरिएको छ। त्यसैगरी प्रदेश सरकारले कसैलाई दिएको पदक रद्द समेत गर्न सक्ने व्यस्था रहेको छ। विधेयकअनुसार आफूले प्राप्त गरेको पदक कसैलाई बिक्री गरेमा वा बन्धकी राखेमा, पदकको मर्यादा विपरीत हुने गरी पदकको प्रयोग गरेमा वा कसैलाई प्रयोग गर्न दिएमा पदक रद्द गर्न सक्छ।

यस्तै, प्रदेशको अपमान वा मानमर्दन गरेका, प्रचलित कानुन विपरीत राष्ट्रको मर्यादामा आघात हुने कुनै कार्य गरेको प्रमाणित भएमा पदक रद्द गर्न सक्ने व्यवस्था विधेयकमा राखिएको छ। पदक स्वेच्छाले पनि रद्द गर्न सक्ने व्यवस्था विधेयकमा राखिएको छ। कसैले फिर्ता गर्न चाहेमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बुझाउन सक्छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP