बैतडी : कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाड आज बैतडी आउने भएका छन्। कात्तिक पहिलो साताको अविरल वर्षाले पुर्याएको क्षतिको निरीक्षण गर्न उनी जिल्लाको सिगास गाउँपालिका –५ को ढुंगाड आउने भएका हुन्। कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्रीको टोलीले प्रभावित समुदायका नागरिकसँग छलफल गर्ने कार्यक्रम रहेको बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। कार्यवाहक प्रधानमन्त्री आउने भएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ।
ढुंगाडमा आज दिउँसो १२ बजे कार्यक्रम राखिएको नेपाली कांग्रेस बैतडीका उपसभापति चतुरबहादुर चन्दले बताए। आफुहरुले प्रभावित क्षेत्रको सत्यतथ्य जानकारी सरकार र पार्टीको केन्द्रीय कार्यसमितिलाई गराएकाले उनीहरुको राहत तथा पुनःस्थापनाको लागि सरकारी टोली यहाँ आउन लागेको कांग्रेस बैतडीले जनाएको छ।
उक्त टोलीले बैतडीसहित, डडेल्धुरा र बझाङ जिल्लाको प्रभावित क्षेत्रमा भ्रमण गर्ने कार्यक्रम रहेको जनाइएको छ।
यसअघि कात्तिक ४ गते प्रधानमन्त्री शेरबहादुर देउवाले पनि उक्त क्षेत्रको निरीक्षण गरेका थिए। कात्तिक पहिलो साताको अविरल वर्षाले ढुंगाड क्षेत्रमा सेती नदीले ५ घर बगाउनुका साथै १ सय ५० बिगाहा खेती गरेको जमिन बगरमा परिणत थियो। यसका साथै जिल्लाको शिवनाथ गाउँपालिका र सुर्नया गाउँपालिकामा गरेर पहिरोमा परि ४ जनाको ज्यान गएको थियो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया