Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

अष्ट्रेलियाले १० लाख डलर दिने

काठमाडौं : अष्ट्रेलिया सरकारले नेपाललाई सन् २०२३ सम्म नेपाललाई १० लाख डलर सहयोग गर्ने भएको छ। अष्ट्रेलियाली राजदूत फेलिसिटी जेनभोल्कले बुधबार उक्त जानकारी दिएकी हुन्। 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र अष्ट्रेलियाली राजदूत जेनभोल्कबीच बुधबार मन्त्रालयमा भेटवार्ता भएको थियो। भेटवार्तामा मन्त्री पौडेलले सन् १९६० देखि द्विपक्षीय सम्बन्ध सुमधुर रहँदै आएको बताउँदै अष्ट्रेलिया सरकारसमक्ष शैक्षिक छात्रवृत्तिको कोटा बढाउन आग्रह गरेका थिए।

‘अष्ट्रेलिया सरकारबाट विद्यालय क्षेत्र सुधार कार्यक्रमको अवधिसम्म अनुदान सहयोग हुँदै आएको थियो’, उनले भने, ‘पछि निरन्तरताको अभाव महसुस भएको छ। हामी १० वर्षे शिक्षाक्षेत्र विकास योजना तर्जुमाको अन्तिम चरणमा छौं। अष्ट्रेलियाली सरकारबाट पुनः सहयोगको अपेक्षा गर्दछु।’

भेटमा राजदूत फेलिसिटीले सन् २०२२ मा २० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने बताइन्। उनले नेपालमा विकास सहायतामार्फत कोभिड महामहारीका वेला रेडियो कार्यक्रमलगायतका सहयोग गरेको बताउँदै आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्। 

मन्त्री पौडेलले नेपाली विद्यार्थीले कोभ्याक्स र एस्ट्राजेनेकाको दोस्रो मात्रा कोरोना खोप लगाए क्वारेन्टाइनमा बस्न नपर्ने सरकारको नीति रहेको बताइन्।
भेटवार्तामा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधकुमारी यादव, सचिव रामप्रसाद थपलियालगायत उपस्थित थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP