Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

प्रधानन्यायाधीशले राजीनामा नदिए महाभियोग लगाऔं : बाबुराम भट्टराई

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिए महाभियोग  लगाउनुपर्ने आसय व्यक्त गरेका छन्। 

न्यायालयको विवादमा यसअघि केही नबोलेका पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले पहिलो पटक मुख खोलेका हुन्। दलहरू मौन रहेको भन्दै आन्दोलित कानुन व्यवसायीले आक्रोश पोखिरहेका बेला उनले सामाजिक सञ्जाल ट्विटरमार्फत आफ्नो धारणा राखेका हुन्। ​

न्यायालयको गल्ती ढाकछोप गर्न नहुनेमा जोड दिँदै डा. भट्टाराईले अदालतले गल्ती सच्याउन नसके संसद अघि सर्नुपर्ने बताएका छन्। उनले प्रधानन्यायाधीश जबराले राजीनामा नदिए महाभियोग लगाउन संसद अग्रसर हुनुपर्ने जनाएका छन्।

‘शास्त्रले ‘सत्यं ब्रुयात प्रियं ब्रुयात न ब्रुयात सत्यमप्रियं’ भनेपनि तैं चूप मैं चूप समस्याको समाधान हैन,’ डा. भट्टराईले भनेका छन्, ‘राज्य र समाजका अरू अंगले गल्ती गर्दा सच्याउने न्यायपालिकाले स्वयं वा कार्यपालिकासँगको मिलिमतोमा गल्ती गर्दा कसले सच्याउने? कि आफैंले नत्र व्यवस्थापिकाले हैन र? गल्ती ढाकछोप नगरौं।’ 

यसअघि जसपाकै सांसद मोहम्मद इस्तियाक राईले पनि प्रधानन्यायाधीशमाथि महाभियोग लगाउन संसदको विशेष अधिवेशन बोलाउन माग गरेका थिए। त्यसैगरी कांग्रेसका १२ जना नेताले अदालतमा देखिएको समस्यामा न्यायाधीशहरुको पक्षमा पार्टी उभिनुपर्ने धारणा राखेका थिए। माओवादी केन्द्रका सांसद रामनारायण विडारीले पनि प्रधानन्यायाधीशमाथि महाभियोग लगाउनु पर्ने बताउँदै आएका छन्। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP