Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

कसैले चाहँदैमा नेकपा एमाले सिद्धिँदैन : अध्यक्ष ओली

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैले चाहँदैमा एमाले नसिद्धिने बताएका छन्। भक्तपुरमा बिहीबार एक कार्यक्रममा उनले कुनै एक व्यक्तिले चाहँदैमा नेकपा एमाले सिध्याउन नसक्ने बताएका हुन्।

उनले नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापालाई लक्षित गर्दै ‘भ्याकुम लगाएर’ एमाले सक्ने सपना नदेख्न पनि सुझाव दिए। कांग्रेस नेता थापाले भक्तपुरमा केही दिनअघि आगामी चुनावमा भक्तपुरबाट एमालेलाई ‘क्लिन स्विप’ गर्ने अभिव्यक्ति दिएका थिए। अध्यक्ष ओलीले सोही कुराको उत्तर दिँदै कांग्रेस कहाँ पुग्यो भनेर विश्लेषण गर्न पनि नेता थापालाई सल्लाह दिए।

अध्यक्ष ओलीले भने, ‘एकजना बाबुले भ्याकुम लिएर भक्तपुरतिर आउने र भ्याकुम क्लिनरबाट एमाले सिध्याउने कुरा गरेछन्, भ्याकुम क्लिनर ल्याएर एमाले सक्ने रे, एमाले सिध्याउने भ्याकुम क्लिनर रे, सिंगै कांग्रेस कहाँ गयो? बिचरा भ्याकुम क्लिनरले एमाले सिध्याउने सपना देख्नेहरूलाई म अरू केही भन्न चाहन्नँ।’

उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपाललाई कुरुक्षेत्र बनाउने सपना नदेख्न पनि चेतावनी दिए।

१७ हजार नेपाली मारेका प्रचण्डलाई ठेगान लगाएरै एमालेले सरकार चलाएको र अब नेपाललाई धर्म क्षेत्र, शान्ति क्षेत्र, विकास क्षेत्र बनाउने दाबी उनले गरे।

अध्यक्ष ओलीले भने, ‘एक जनाले अस्ति कुरुक्षेत्र बन्छ अब भने। कुरुक्षेत्र बनाएको पनि देखियो, कुरुक्षेत्र सबै ठेगान पनि लाइयो, अब कसैले कुरुक्षेत्रका धाक नलगाए हुन्छ। नेपाल अब धर्मक्षेत्र हुन्छ, विकासक्षेत्र हुन्छ, यो शान्तिक्षेत्र हुन्छ, यो जनताको समृद्धिको क्षेत्र हुन्छ, समृद्ध नेपाल सुखी नेपाली भएको क्षेत्र हुन्छ नेपाल, के को कुरुक्षेत्र? कुरुक्षेत्र बनाउने भनेर कसलाई तर्साएको अहिले ? हामीले कुरुक्षेत्र बनाएको हेर्‍यौं, १७ हजार मान्छे मारेको पनि हेर्‍यौं, ढुंगामा राखेर बञ्चरोको पासोले मान्छेको हड्डी फोरेको पनि हेर्‍यौं, काठ घोच्ने बर्माले मान्छेको शरीरमा घोपेको पनि हेर्‍यौं, ती सबै अत्याचार पराजित गरेर हामी आएका छौँ।’

उनले नेपाललाई कुरुक्षेत्र बनाउने भनेर तर्साउन खोज्नेहरूलाई पराजित गरेरै यहाँसम्म आइपुगेको बताए।

आफूलाई माओवादी अध्यक्ष प्रचण्डले गणतन्त्र सक्न खोजेको आरोप लगाएकोप्रति लक्षित गर्दै प्रचण्डले गणतन्त्रको नाम लिनुभन्दा २५ वर्षअघि गणतन्त्रका लागि आफू लडेको उनले बताए।

उनले भने, ‘त्यसैले हामीलाई कुरुक्षेत्र भनेर नतर्साए हुन्छ, हामीलाई देश बनाउनुसँग सरोकार छ, उहाँको मनस्थिति एकदमै डगमगाएछ, गणतन्त्रै फाल्छु भन्यो ओलीले भन्नुभएछ, पुष्पकमल दाहालले गणतन्त्र भन्नुभन्दा २५ वर्षअघि नै हामीले गणतन्त्रको अभियान थालेका थियौँ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP