Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत, पक्षमा पर्‍यो ५९ मत

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई विश्वासको मत प्राप्त भएको छ। सोमबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेको पक्षमा ५९ मत परेको हो। मतदानमा १०४ जना सदस्‍यहरू उपस्थित थिए भने पाण्डेको विपक्षमा ४३ मत परेको छ। त्यस्तै, दुवै पक्षमा मत दिन्नँ अर्थात् तटस्थमा जम्मा २ मत परेको छ।

बागमती प्रदेशको हैसियतलाई माथि उठाउनको लागि सबै दलको सहकार्य हुन आवश्यक रहेको भन्दै उनले मागेको विश्वासको मतमा नेकपा एकीकृत समाजवादी पार्टीका अतिरिक्त नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालका सांसदहरूबाट मतदान पाएका हुन्।

पाण्डेले बागमती प्रदेशको अनावश्यक खर्च घटाएर आम्दानी बढाउने र प्रदेशमा सुशासन कायम गर्ने काम आफ्नो प्राथमिकतामा रहेको बताएका छन्।

प्रदेशसभामा एउटा मात्रै दलको बहुमत नपुगी दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री बनेको एक महिनाभित्र संसदमा विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्थाबमोजिम पाण्डेले विश्वासको मत लिएका हुन्। १०९ प्रदेशसभा सदस्य रहेको बागमती प्रदेशमा बहुमतको सरकार टिकाउन ५५ मत भए पुग्‍नेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP