Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

प्रदेशकाे आम्दानी बढाउने, फजुल खर्च घटाउने मुख्यमन्त्री पाण्डकाे प्रतिबद्धता

मकवानपुर – वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले अबको सरकारले फजुल खर्चलाई घटाएर नागरिककाे चाहनाअनुसारकाे काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । 

आज सोमवार प्रदेश सभाको बैठकमा विश्वासको मत मागेपछि अन्य राजनीतिक दलका नेताहरूले उठाएको प्रश्नको उत्तर दिँदै मुख्यमन्त्री पाण्डेले अबको सरकारले फजुल खर्चलाई घटाएर नागरिककाे चाहनाअनुसारकाे काम गर्ने बताउनुभएको हो । उहाँले अबको तीन महिनाभित्र प्रदेश सरकारले श्वेत पत्र जारी गरी विगतको सरकारका कामबारे नागरिकलाई जानकारी गराउने पनि बताउनुभयो । 

मुख्यमन्त्री पाण्डेले प्रदेशको आम्दानी बढाउने, खर्च घटाउने, निर्वाचन क्षेत्रहरूमा विनियोजन गर्ने विकास बजेटमा विगतका वर्षमा हुँदै आएको असन्तुलनलाई सन्तुलन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ ।

यस्तै स्वास्थ्य क्षेत्रमा रकम विनियोजन गर्ने विषयलाई महत्त्व दिने, केन्द्र सरकारले आवश्यक कर्मचारी उपलब्ध नगराएमा आन्तरिक स्राेतबाट करारमा कर्मचारी भर्ना गरेर भए पनि समयमै योजना सम्पन्न गर्ने नीति लिने, सरकारद्वारा विनियोजित बजेटको समयमै खर्च गर्ने, सबै काम सम्पन्न गर्ने, क्यालेन्डर बनाएर काम गर्ने, तोकेको समयमै काम सम्पन्न गर्ने कर्मचारीलाई उचित पुरस्कारको बन्दोबस्त गर्ने पनि उहाँले जानकारी दिनुभयो । 

मुख्यमन्त्री पाण्डेले प्रदेश सरकार सञ्चालन ऐन बनाएर काम अघि बढाउने, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र उद्योगलाई प्राथमिकता दिएर प्रदेशको हैसियत, इज्जत, प्रगतिलाई माथि उठाउने गरी सञ्चालन गर्ने पनि बताउनुभयो । उहाँले सर्वहारा, श्रमजीवी, किसान, मजदुर, श्रम गरेर खाने वर्गले न्याय पाएको महसुस हुने गरी सरकार सञ्चालन गर्ने बताउँदै समाजवाद उन्मुख कार्यक्रम तयार गरी दलित, एकल महिला, लोपोन्मुख जातिको उत्थान एवम् जीवनयापनका कार्यक्रम सञ्चालनमा ल्याउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री पाण्डेले विगतका विकृति र विसङ्गतिलाई अन्त्य गर्ने, सुशासन दिने, भ्रष्टाचार नियन्त्रण गर्ने, मितव्ययी भएर संविधानअनुसार सरकार चलाउने बताउनुभयो । उहाँले विगतमा मन परेन भनेर संविधान नै च्यात्ने गरी संसद् विघटन गर्ने काम भएको भन्दै आफ्नो सरकार संविधानअनुसार नै चल्ने बताउनुभयो ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP