कञ्चनपुर : सशस्त्र प्रहरीले बिहिवार बेलौरी नगरपालिका-१० भुडाबाट लागुऔषध खैरो हिरोइनसहित ३ जनालाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल ३५ गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरका अनुसार पक्राउ पर्नेमा बेलौरी नगरपालिका-१० शिवनगरका १७ वर्षीय जनक रेग्मी, भीमदत्त नगरपालिका-१ राजीपुरका २३ वर्षीय सागर कार्की र बेदकोट नगरपालिका-८ गैलनदीका २३ वर्षीय ज्ञानेन्द्र बिष्ट पक्राउ परेका हुन्।
तीनै जनाको साथबाट ६ ग्राम खैरो हिरोइन बरामद गरिएको छ।
बोर्डर आउटपोष्ट भुडाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक टेकराज पन्तको कमाण्डमा रहेको सीमा गस्ती टोलीले मोटरसाकइलमा आउँदै गरेका तीनै जनामाथि शंका लागि चेकजाँच गर्दा लागुऔषध फेला पारेपछि पक्राउ गरेको बताईएको छ।
पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाइएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया