Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

कपिलवस्तुमा यस्तो गाउँ जहाँ स्थानीय तहको सेवा सुविधा बारे थाहै छैन

राम प्रघट कोरी
चैत्र २, विजयनगर

कपिलवस्तुको सुदुर पश्चिममा विजयनगर गाउँपालिका अवस्थित रहेको छ । यो गाउँपालिका भौगोलिक बनोटको हिसाबले अति विकट र पछाडी परेको क्षेत्र पनि हो । नेपालकै मानव विकास सुचाङ्कमा सबै भन्दा पछाडी परेको जिल्ला कपिलवस्तु र कपिलवस्तुमा पनि सबैभन्दा पछाडी परेको ठाउँ विजयनगर गाउँपालिका पर्दछ ।

विजयनगर दक्षिण र पश्चिमतिर भारत सिमानासँग जोडिएको गाउँपालिका हो । उत्तरतर्फ दाङ जिल्ला रहेको छ । दक्षिणमा केही थोरै भाग कृष्णनगर र पुर्वमा शिवराज नगरपालिकाको सिमानासँग जोडिएको छ ।
यस वडामा विशेष गरी दलित, थारु, आदिवासी जनजातीहरुले बसोबास गर्दै आईरहेका छन् ।

स्थानीय तहको निर्वाचन भएको झण्डै ३ वर्ष पुग्न लागेको अवस्थामा पनि स्थानीय तह के हो ? स्थानीय तहबाट पाउने सेवा सुविधाहरु केके हुन् ? हाम्रा हक अधिकार केके हुन् ? सामान्य सोँच्दा अचम्म लाग्छ । तर वास्तवमा विजयनगरमा पनि यस्ता ठाउँ रहेका छन । जुन हो गाउँपालिकाको वडा नं. १ ।

यस गाउँपालिकामै सबै भन्दा विकट क्षेत्रमा १ पर्दछ । जुन वीरनगर, जवाबैराठ लगायत गाउँ पर्दछन् । शिक्षित तथा केही पुरुषलाई थाहा भए पनि विशेष गरी महिलाहरुलाई झनै स्थानीय तहको बारेमा केही थाहा छैन् । उनीहरु आफ्नो हक अधिकारबाट बञ्चित भएका छन् ।
यी माथि उल्लेख गरिएका समस्याहरुलाई मध्येनजर गर्दै गाउँपालिकाले आइतवार सो ठाउँमा महिला समुह गठन गरेको छ ।

गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा महिला सशक्तिकरणका लागि वीरनगरमा महिला समूह गठन गरिएको हो ।
गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले महिलाहरुको उत्थानका लागि विभिन्न सचेतीकरण तालिम, सीपमुलक तालिम दिन र अनुदानहरु उपलब्ध गराउनुको साथै महिला सहभागीतालाई जोड दिएको बताउनु भएको छ । “पुरुष र महिला एक रथका दुई पाङ्ग्रा हुन्” भन्दै महिला विना विकास हुन असम्भव हुने दावीसमेत गर्नुभयो ।

गाउँपालिकाले सबै ठाउँमा विकास निमार्ण लगायत पुर्वाधारहरुको विकासलाई तीव्र रुपमा अगाडी बढाउँदै गएको चौधरी बताउनुभयो । विजयनगर विकट क्षेत्र भएतापनि अहिले विकासमा राम्रो गति लिईरहेको कुरा उल्लेख गर्नुभयो ।

काम गर्ने दौरानमा विभिन्न अप्ठ्याराहरु आईरहे पनि चौतर्फी विकासका लागि गाउँपालिकाले विशेष ध्यान पु¥याई रहेको बताउनुभयो । उहाँले गाउँपालिकाको अन्य वडाभन्दा १ नं.वडा हरेक विकास क्षेत्रमा पछाडी परेको ठाउँ भएकोले यसको विकासमा जोड दिएको बताउनभयो । महिलाहरुको हरेक हक अधिकारको पक्षमा आवाज उठाई रहने प्रतिबद्धतासमेत जाहेर गर्नुभयो ।

कार्यक्रम सावित्री चौधरीको अध्यक्षतामा १७ जना सदस्यसहितको महिला समूह गठन गरिएको छ । महिला तथा बालबालिका शाखाका प्रमुख इन्द्र प्रसाद भण्डारीको सहजीकरणमा सम्पन्न भएको थियो

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP