Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बर्दिया : बर्दियामा बाघको आक्रमणबाट एक पुरुषको ज्यान गएको छ। बाघको आक्रमणबाट बर्दियाको गेरुवा गाउँपालिका-४ राजीपुरका ६२ वर्षिय कालुराम थारुको ज्यान गएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ।

आइतबार अपरान्ह घरनजिकै भैंसी चराउन गएका बेला बाघले आक्रमण गर्दा उनको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मुकुन्द सन्जेलले बताए।

अहिले निकुञ्जको टोली घटनास्थल पुगेर थप अनुसन्धान गरिरहेको उनले बताए। घटना भएको क्षेत्र निकुञ्ज अन्तर्गतको बफरजोनमा पर्छ।

यसअघि असोज २५ गते पनि बाघको आक्रमणबाट बर्दियाको गेरुवाकै एक पुरुषको ज्यान गएको थियो।

आव ०७७/७८ मा १२ जना र यस आवमा ३ जना गरी १६ महिनामा १५ जनाले बाघको आक्रमणबाट ज्यान गुमाएका छन्। ​यस्तै‚ आव ०७६/७७ मा ६ जनाको बाघको आक्रमणबाट मृत्यु भएको थियो।

यो तथ्यांकले बाघको आक्रमणबाट ज्यान गुमाउनेको संख्या दोब्बर बढेको देखिएको छ।

यी घटनामध्ये निकुञ्ज क्षेत्रभित्र ४ र बाँकी सामुदायिक वनभित्र भएको पाइएको छ।

निकुञ्ज, डिभिजन वन तथा जिल्ला प्रशासन कार्यालयले स्थानीयलाई जंगलमा नजान तथा सामुदायिक वन छेउछाउका स्थानीयलाई सतर्कता अपनाउन पटकपटक आग्रह गर्दै आएका छन्।

कतिपय अवस्थामा बाघले निकुञ्ज छेउछाउका गाउँमै पनि स्थानीयको आक्रमण गर्ने गरेको छ।

मानव र वन्यजन्तुबीच द्वन्द्व कम गर्न निकुञ्जले घटना भइरहेको क्षेत्रमा अनुगमन गरेर आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइरहेको छ।

पछिल्ला २ वर्षमा ६ वटा बाघ नियन्त्रणमा लिइएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP