Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

मुद्दा मिलाएर जेलमुक्त गराइदिन्छु भन्दै पैसा ठग्ने महिला पक्राउ

काठमाडौ : जबरजस्ती करणी उद्याेगका प्रतिवादीलाई छुटाइदिन्छु भनी ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्। महानगरीय अपराध महाशाखाको टोलीले काभ्रेको पनौती नगरपालिका-१० घर भएका रविना थापालाई पक्राउ गरेको हो।

महाशाखाका अनुसार जबरजस्ती करणी उद्योग मुद्दामा २०७८ असार १८ गते पक्राउ परी हाल पुर्पक्षका लागी डिल्लीबजार कारागारमा थुनामा रहेका चिनिया नागरिक लिउ यूलाई थुनामुक्त गराई दिन्छौ‌ भनि उनको चितवन घर भएकी श्रीमती कमला भुसालसँग थापाले पटक-पटक रकम लिएकी थिइन्।

हाल बुढानिलकण्ठ नगरपालिका-१० सुकेधारा शान्तिकोलोनीमा बस्दै आएकी २७ वर्षीया थापाले मञ्जु ओली समेतको सहयोगमा आफ्नो मान्छे वकिल छन् र उनले न्यायाधीश, वकिल सबै चिनेका छन् भनि सेटिङ मिलाएको भन्दै रकम माग गरेका थिए। 

श्रीमानलाई धरौटीमा छुटाई दिन्छु भन्दै प्रलोभनमा पारी २० लाख रकम लिई ठगी गरेको भनी पीडित भुसालले थापा र ओलीविरुद्ध महाशाखामा जाहेरी दिएकी थिइन्।

सोही जाहेरीका आधारमा महाशाखाबाट खटिएको प्रहरी टोलीले गत बुधबार छाउनीबाट थापालाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा सोमबार आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाईएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP