Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

कोरोनाकाे भेरियन्ट पत्ता लगाउन स्वाब काठमाण्डौ पठाइयो

डोटी – सुदूरपश्चिममा कोरोना पुष्टि भएका १३ जनाको स्वाब भेरियन्ट पत्ता लगाउन काठमाण्डौ पठाइएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला, धनगढीका अनुसार कञ्चनपुरको गड्डाचौकी नाकामा कोरोना पुष्टि भएका तीन जना र सेती प्रादेशिक अस्पतालमा कोरोना पुष्टि भएका १० जना गरी १३ जनाको स्वाब काठमाण्डौ पठाइएको हो । 

संक्रमण पुष्टि भए पनि भेरियन्ट पत्ता लगाउनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब पठाइएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख रामप्रसाद ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण नेपालमा पनि पुष्टि भएपछि भेरियन्ट पत्ता लगाउन स्वाब काठमाण्डौ पठाइएको हो ।

सबैभन्दा पहिले कोरोनाभाइरस संक्रमण पत्ता लगाउनका लागि व्यक्तिको स्वाबको नमूना संकलन गरिन्छ । सुदूरपश्चिमका प्रयोगशालाले कुन भेरियन्टको भाइरस हो भन्ने पत्ता लगाउन नसक्ने भएका कारण कोरोना पुष्टि भएकाहरुको स्वाब परीक्षणका लागि काठमाण्डौ पठाउनु पर्ने अवस्था रहेको छ ।

कुन भेरियन्ट हो भनेर हेर्नका निम्ति भाइरसको डीएनए वा आरएनएमा रहेका तत्वहरूको क्रम अर्थात् सीक्वन्स हेर्नुपर्ने भएकाले कोरोना पुष्टि भएकाहरुको स्वाब काठमाण्डौ पठाउन थालिएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका निर्देशक डा गुणराज अवस्थीले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP