Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

बलात्कारको आरोपमा शिक्षक हिक्मत रावल पक्राउ, प्रहरीद्वारा घटना लुकाउने प्रयास

नेपालगन्ज – बाँके प्रहरीले एउटा बलात्कारको घटना लुकाउन खोजेको छ । नेपालगन्जका एक बोर्डिङ स्कुलका शिक्षकले आफूलाई बलात्कार गरेको भन्दै छात्राको उजुरीमा ती शिक्षक पक्राउ परेको घटना बाँके प्रहरीले लुकाउन खोजेको हो ।
कपडाको एउटा धोती समात्दा प्रेस विज्ञप्ती सार्वजनिक गर्ने बाँके प्रहरीले यति ठूलो बलात्कारको घटना भने गुपचुप राखिरहेकोछ । नेपालगन्ज कारकाँदो स्थित स्प्रिङडेल एकेडेमीका अध्यक्ष तथा प्लस टू तर्फका फाउण्डर शिक्षक हिक्मत रावलले छात्रालाई बलात्कार गरेको लिखित जाहेरीमा उल्लेख छ ।
छात्राको बलात्कारको उजुरी परेको र रावल पक्राउ परेको पाँच दिन वितिसक्दा पनि प्रहरीले यति ठूलो बलात्कारको घटना गोप्य राखेकोछ । शिक्षकले आफ्नै छात्रालाई ट्युसन पढाउने नाममा होटलमा लगि पटक–पटक बलात्कार गर्दा पनि प्रहरीले छात्राको जाहेरी परिसकेको यति ठूलो बलात्कारको घटना गोप्य राख्नु प्रहरीको नियतमाथि प्रश्न चिन्ह खडा भएकोछ ।

आफूलाई हिक्मत रावलले पटक–पटक बलात्कार गरेको भनि छात्राले जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएपछि प्रहरीले रावललाई पक्राउ गरि हिरासतमा राखेकोछ । रावल नेपालगन्जको रङ्गशाला नजिकै रहेको नेपालगन्ज टेक्निकल कलेजको अङ्ग्रेजी विषयको शिक्षक समेत हुन् ।
छात्राले आफूलाई बलात्कार गरेको भनि यही मंसिर २३ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा शिक्षक हिक्मत रावलका नाममा जाहेरी दर्ता गराएकी थिइन् । जाहेरी लगत्तै प्रहरीले शिक्षक रावललाई नेपालगन्ज टेक्निकल कलेजबाटै पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डिएसपी मधुसुदन न्यौपानेले आफ्नै कलेजकी छात्रालाई बलात्कार गरेको आरोपमा रावललाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान थालेको जानकारी दिए ।
४० वर्षिय रावलले १७ वर्षिया छात्रालाई पटक–पकट बलात्कार गरेको प्रहरीले जनाएको छ । कोरोना कहरको दोस्रो लहरमा बन्द रहेका शैक्षिक संस्थाहरुले पढाई निरन्तरता दिन अनलाईन कक्षा सञ्चालन गरेका थिए । अनलाईन कक्षा अध्ययन गरिरहेकी ती छात्रा कारणबस केही दिन अनलाईन कक्षामा नियमित उपस्थित हुन सकिनन् ।
प्रहरीका अनुसार, अनलाईन कक्षामा शिक्षकले पढाएको कोर्ष छुटेपछि शिक्षक रावलले पढाईमा सहयोग गर्ने भन्दै अतिरिक्त कक्षाका लागि भेट्न थाले । ती छात्राले आफ्नो अध्ययनमा सहयोग पाइने भएपछि शिक्षक रावलप्रति विश्वस्त हुन्छिन् र छुटेको कोर्ष पुरा गर्ने भन्दै शिक्षक रावलले भनेको सबै कुरा मान्दै छात्रासँगको भेट बाक्लिदै जान्छ । आफूलाई पढाउने शिक्षकले अध्ययनमा सहयोग गर्ने भएपछि उनी शिक्षकप्रति विश्वस्त हुँदै शिक्षकले बोलाएको स्थानमा आउजाउ गर्न थाल्छिन् । यो सिलसिला नियमित चल्दै जान्छ । सामाजिक सञ्जाल र मोबाइलबाट शिक्षक रावलले छात्रामाथि दवावमुलक सम्बन्ध अगाडी बढाउँदै लग्छन् ।


आफ्नै छात्रामाथि कुदृष्टि राखेका रावलले डर, धम्की देखाउँदै विभिन्न बहाना र प्रलोभनमा पारि अन्ततः आफ्नै छात्रालाई बलात्कार गर्छन् । शिक्षक रावलले पहिलो पटक गत साउन २८ गते नेपालगन्जस्थित रोयल होटलमा छात्रालाई बोलाउँछन् । आफ्नो बासस्थान होटलमै रहेको भन्दै ती छात्रालाई पढ्न होटलमै आउन भन्छन् । अनि रावलले पहिलो पटक रोयल होटलमा छात्रामाथि बलात्कार गर्छन् । अनि रावलले ‘तिम्रो नग्न तस्विर म सँग छ’ भन्दै छात्रामाथि दवाव र मानसिक यातना दिन थाल्छन् । त्यसपछि उनले २ दिनपछि साउन ३० गते पुनः छात्रालाई सोही होटलको कोठा नम्बर १०४ मा लगेर बलात्कार गर्छन् ।


आफ्नै पिता समान शिक्षक रावलले आफूमाथि बलात्कार गरेपछि उनी मानसिकरुपमा प्रताडित बन्दै जान्छिन् । उनले छात्रामाथि झन्–झन् यौन सम्पर्कका लागि दवाव दिन्छन् । रावलले फोटो र भिडियो सार्वजनिक गरिदिने भन्दै निरन्तर दवाव दिन थालेपछि ती छात्राले फेरि रावलको कुरा स्वीकार्न बाध्य हुन्छिन् ।


अन्ततः शिक्षक रावलले यही मंसिर १० गते तेस्रोपटक छात्रालाई आफ्नै घरमा लगेर बलात्कार गर्छन् । रावलको पटक–पटकको बलात्कार र मानसिक तनाव थेग्न नसकेपछि छात्राले अन्ततः न्यायका लागि प्रहरीको ढोका ढकढकाउन पुग्छिन् । पक्राउ परेका शिक्षक रावललाई अदालतबाट ७ दिनको म्याद थप गराई अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी न्यौपानेले बताए ।
त्यस घटनाको सत्यतथ्य छानविन गरी दोषिलाइ कारवाही गर्न अनेरास्ववियुको माग गर्दै विज्ञेप्ती निकालेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP