काठमाडौं : रौतहटमा नेपाली नक्कली नोटसहित प्रहरीले दुई जना भारतीयलाई पक्राउ गरेको छ। आज दिउँसो प्रहरी चौकी मोतीपुर नरकटियाबाट खटिएको प्रहरी गस्ती टोलीले परोहा नगरपालिका–८ नरकटियाबाट बिहार मोतिहारी थाना घोडासहनका २६ वर्षीय विकाश जयसवाल र ३२ वर्षीय अजय प्रसादलाई नक्कली नोटसहित नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनीहरूको साथबाट एक हजार दरको ६९ र पाँच हजार दरको १ गरी ६९ हजार पाँच सय फेला परेको छ। उनीहरूविरुद्ध खोटा मुद्रा सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी रौतहट जिल्ला अदालतबाट म्याद थप लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया