पर्सा : तयारी अवस्थाको १ हजार ५० थान प्रतिबन्धित लागुऔषधसहित वीरगन्ज महानगरपालिकाका एक युवा पक्राउ परेका छन्। पर्साको वीरगन्ज महानगरपालिका-१५ प्रतिमा चोकबाट मंगलबार दिउँसो वीरगन्ज महानगरकै वडा नम्बर १३ मूर्लिका विक्रम सर्राफ पक्राउ परेका हुन्।
उनी कालो प्याष्टिकको झोलामा नजानिँदो तरिकाले लागुऔषध बोकेर पैदल हिँड्दै गरेको अवस्थामा पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ।
प्रहरीलाई शंका लागि जाँच गर्दा उनले तयारी अवस्थाको प्रतिबन्धित लागुऔषध ३ सय ५० थान नुर्फिन, ३ सय ५० थान डाइजेपाम र ३ सय ५० थान नै फेनारगन गरी कुल १ हजार ५० थानसहित पक्राउ परेको पर्साका प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीले बताए।
तयारी अवस्थाको प्रतिबन्धित लागुऔषध उनले भारतबाट लिएर आएको हुनसक्ने प्रहरीको अनुमान छ।
अभियुक्तको गन्तव्य कहाँ ? र कसलाई दिने ? वा आफैं प्रयोग गर्ने भन्ने सवालमा अनुसन्धान भइरहेको छ।
सर्राफलाई लागुऔषधसम्बन्धी कसुरमा कार्वाही प्रक्रिया अगाडि बढाउन थालिएको पर्सा प्रहरीले जनाएको छ।
रक्सी भट्टी नष्ट
उता बारा प्रहरीको अस्थायी प्रहरी पोष्टले पनि मंगलबार बाराको जितपुर सिमरा उपमहानगरपालिका-१५ जैतापुरमा रहेका ४ वटा रक्सी भट्टी फुटाएर ५ सय ५० लिटर कच्चा पदार्थ र ५० लिटर तयारी रक्सी नष्ट गरेको छ।
घरेलु मदिरा नष्ट गर्ने अभियानअन्तर्गत बाराको भवानीपुरस्थित जैतापुर अस्थायी प्रहरी पोष्टबाट खटेर गएको प्रहरीले सो काम गरेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया