बझाङ : बझाङमा नक्कली सर्टिफिकेट र नागरिकता बनाएको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका-१ का सतेशबहादुर सिंह रहेका छन्।
उनले फरक-फरक नाम र जन्म मिति राखेर नक्कली नागरिकता र सर्टिफिकेट निकालेको खुलेको छ। एउटामा सतेशबहादुर सिंह र अर्काेमा प्रकाशबहादुर सिंह नाममा जन्म मिति फरक-फरक गरी नागरिकता र सर्टिफिकेट नक्कली बनाएको खुलेको छ।
सिंहले २०७० साल चैत ११ गते बनाएको पहिलो नागरिकतामा सतेशबहादुर सिंह र जन्म मिति २०५३ साल भदौ ८ गते उल्लेख छ। उनले २०७८ साल कात्तिक ११ गते दोस्रो नागरिकता जन्म मिति २०५६ साल भदौ ८ गते र नाम प्रकाशबहादुर सिंह राखेर लिएको पाइएको हो।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार उनी प्रहरी जवानका लागि दर्खास्त दिन २०७८ साल पुस १ गते कार्यालयमा आएका थिए।
दर्खास्त दिन आएका उनको नागरिकता र सर्टिफिकेटमा नाम र जन्ममिति फरक परेपछि कीर्तेको आशंकामा अनुसन्धान गर्दा नागरिकता र सर्टिफिकेट नक्कली भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख तथा डिएसपी ज्ञानबहादुर विष्टले बताए।
सिंहलाई जवानमा दर्खास्त दिने दिन सर्टिफिेकेट नमिलेको भन्दै फर्काउने कोसिस गरेपनि सिंहले उल्टै प्रहरी कर्मचारीहरुलाई मैले २/३ पटक दिइसके तपाईंले मिलेन भनेर हुन्छ भनेर जबरजस्ती गरेको प्रहरी स्रोतले जानकारी दिएको छ।
अनुसन्धानका क्रममा विद्यालयमा बुझ्दा सर्टिफिकेट स्कुलले दिएको र नागरिकता २ वटा बनाएको खुलेको छ।
यसपछि सर्टिफिकेट दिने नारायण मावि पिमी कैलाशका प्रधानाध्यापक ऐनबहादुर सिंह र सर्टिफिकेट कीर्तेमा अनुसन्धानका लागि प्रतिभा डिजिटल फोटो स्टुडियोका सञ्चालक शिवराज शर्मालाई जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा राखिएको प्रहरी स्रोतले जानकारी दिएको छ।
नागरिकता २ बनाएको तथा कीर्तेमा जयपृथ्वी नगरपालिका-१ कैलाशका वडाध्यक्ष गगनबहादुर सिंह, वडासचिव करनबहादुर कामी, सहायक चौथो अजयबहादुर सिंहलाई नागरिकता बनाउन वडाबाट सिफारिस दिएकाले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।
अहिले सतेशविरुद्ध कीर्तेका दुई मुद्दा चलाइएको प्रहरीले जनाएको छ। सिंहले दोस्रो नागरिकता २०७८ सालमा बनाउँदा आफू प्रमुख जिल्ला अधिकारी रहेको र बाहिर भएकाले नागरिकतामा सहायक प्रमुख जिल्ला अधिकारी रामराज गौतमले हस्ताक्षर गरेको प्रजिअ मोहन अधिकारीले बताए।
उनले भने, ‘नागरिकता बनाउन आउँदा जन्म दर्ताबाहेक अरु ल्याएको थिएन। जन्म दर्तामा नाम र जन्ममितिको आधारमा हामीले नागरिकता दियौं। नागरिकता बनिसकेपछि कक्षा ८ को सर्टिफिकेट बनाएको रहेछ।’
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया