म्याग्दी : बेनी नगरपालिका–५ डडुवामा रहेको ज्योति आधारभूत विद्यालयमा पढाइ भइरहेको समयमा एक युवकले प्रधानाध्यापकको कार्यकक्ष तोडफोड गरेका छन्।
शुक्रबार करिब १२ बजे डडुवाका सुवास कार्कीले प्रधानाध्यापक बस्ने कुर्सी र टेवुलमा खुकुरी प्रहार गर्दा शिक्षक र विद्यार्थीहरु भागाभाग भएका थिए। केही शिक्षकहरु कक्षा कोठाबाहिर अतिरिक्त क्रियाकलाप गर्ने नगर्ने विषयमा छलफल गरिरहेका बेला कार्की विद्यालय प्रवेश गरी सिधै प्राधानाध्यापक बस्ने कुर्सी र टेवलमा खुकुरी प्रहार गरेको प्रधानाध्यापक मीनबहादुर खत्रीले बताए।
खत्रीले भने‚ ‘विद्यार्थीले पढिरहेको अवस्थामा विद्यालयमा आएर खुकुरी नचाउँदा शिक्षक विद्यार्थी भागभाग हुने अवस्था आयो।’ टेवलमा खुकुरी हानेपछि चार जना शिक्षकले कार्कीलाई समातेर हतियार नियन्त्रणमा लिएका थिए। शिक्षकहरुले हतियार नियन्त्रणमा लिएपछि कार्कीलाई शिक्षकहरुले नै घरमा पुर्याएर फर्किएको खत्रीले बताए।
‘विद्यार्थीले पढिरहेको अबस्थामा आक्रमण गर्ने शैलिमा आएर विद्यालयमा खुकुरी नचाउदा हाम्रो सुरक्षामा समेत चुनौति देखिएको छ’ खत्रीले भने। ‘कलम चल्ने विद्यालयमा खुकुरी चल्दा विद्यार्थीमा नकारात्म असर परेको छ।’
रक्सी खाएर विद्यालयमा छिरेर खुकुरी तोडफोड गरेको जानकारी आएपछि कार्कीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक श्यामकुमार राईले जानकारी दिए। विद्यालयले कार्कीविरुद्ध जाहेरी दिएको र त्यसको विषयमा दुई पक्षलाई नै राखेर छलफलपछि आवश्यक कारबाही अघि बढाउने उनले बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया