Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

रेल्वे कम्पनीको नक्कली नियुक्ति पत्र दिने पक्राउ

काठमाडौं : जागिरको बहानामा नेपाल रेल्वे कम्पनी लिमिटेडको नक्कली नियुक्ति पत्र दिएर ठगी गरेको आरोपमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका–७ दनौलीका ३२ वर्षीय सागरकान्त चौधरी छन्। उनलाई जनकपुरधाम उपमहानगरपालिका–८ सीता प्यालेस होटल अगाडिबाट आइतबार पक्राउ गरेर प्रहरीले आज सार्वजनिक हो।

चौधरीको साथबाट लोकसेवा आयोग नियुक्ति नतिजा प्रकाशन शाखा र नेपाल रेल्वे कम्पनी लिमिटेडको नामबाट विभिन्न व्यक्तिलाई दिन राखेको नक्कली नियुक्तिपत्र बरामद गरिएको प्रहरीले जनाएको छ।

यस्तै पर्सा जिल्ला अदालत विरगंज लेखिएको रबर स्ट्याम्पसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। उनीमाथि धनुषा जिल्ला अदालतबाट लिखतसम्बन्धी कसुर मुद्दामा सात दिनको म्याद थपेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP