Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

बलात्कारको घटना मिलाउने कैलालीका वडा सदस्य र शिक्षकसहित ५ पक्राउ

धनगढी : कैलालीमा वडा सदस्य र शिक्षकले नै बलात्कारको घटना मिलापत्र गराएको खुलेको छ। मिलापत्र गराएको आरोपमा जिल्लाको घोडाघोडी नगरपालिका–४ जनकपुरबाट वडा सदस्यसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही ठाउँका वडा नम्बर ४ का पूर्ववडा सचिव ५३ वर्षीय यज्ञराज आचार्य, वडा सदस्य ५४ वर्षीय लक्ष्मीरुद्र न्यौपाने, वर्ष ५३ का शिक्षक होमप्रसाद सुवेदी, वर्ष ३४ का राजु भट्टराई र जर्बजस्ती करणी गर्ने वर्ष ३० का प्रकाश सुवेदी रहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।

मिलापत्र गराउने अन्य केही फरार रहेको प्रहरीले जानकारी दिएको छ।

मंसिर १५ गते सोही ठाउँकी ७७ वर्षीया एक महिलालाई मदिरा सेवन गरी प्रकाश सुवेदीले खेतमा लगेर बलात्कार गरेको बुझिएको छ।

घटना बाहिरिने डरले पीडित पक्षलाई ३ लाख दिने भनेर मिलापत्र गराइएको थियो। तर ३ लाखमध्ये १ लाख नदिँदा करिब एक महिनापछि घटना बाहिर आएको हो। 

उक्त विषयमा पुस २१ गते इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी आएपछि सोही दिन प्रतिवादीसहित मिलापत्र गराउने ५ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।

उनीहरूमाथि अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको डिएसपी जोशीले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP