Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

गहना र नगद चोरी गर्ने दुई जना पक्राउ

दाङ : प्रहरीले सुनचाँदीका गरगहना र नगदसहित चोरी गरेर फरार रहेका दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा राप्ती गाउँपालिका–१ का १८ वर्षीय वसन्त खत्री र सोही ठाउँका २३ वर्षीय खेमराज चौधरी छन्। उनीहरूले राप्ती गाउँपालिका–१ माथिल्लो भालुवाङका गंगादेवी क्षेत्रीको घरबाट शनिबार राती चार लाख ५२ हजार मूल्य बराबरका सुनचाँदीका गरगहना र नगद ३९ हजार ५०० चोरी गरेका थिए।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा एवं डीएसपी मुकुन्दप्रसाद रिजालका अनुसार पाँच थान सुनको बाला, २ थान मंगलसुत्र, ४ थान सुनको सोली र चाँदीको सिक्का एक थान चोरी गरेका थिए।

क्षेत्रीको घरको पूजा  कोठामा रहेको बाकस फोरेर उनीहरूले चोरी गरेको र उनीहरूलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता रिजालले जानकारी दिए।

त्यस्तै प्रहरीले लागुऔषध मुद्दामा फरार एक जनालाई पनि पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ का २४ वर्षीय आशिष केसी छन्। उनलाई २०७८ भदौ ३१ गते कपिलवस्तु जिल्ला अदालतले ९ महिना कैद सजायको फैसला सुनाएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP