Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

सामान्य झगडाका कारण मुख्तार मियाँको ज्यान गयो, ५ जना पक्राउ

पर्सा :  वीरगञ्ज महानगरपालिका-३ छप्कैया बस्ने भारत बिहार जिल्ला वैशाली ग्रामपञ्चायत महुवा घर भएका ई-रिक्सा चालक ४५ वर्षीय मुख्तार मियाँको हत्या गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा पर्सा छप्कैया बस्ने भारत बिहार पूर्वी चम्पारण मोतीहारी घर भएका ३० वर्षीय सुनिल कुमार, बारा परवानीपुर गाउँपालिका-५ बस्ने २२ वर्षीय निकेश पटेल, पर्सा छप्कैया बस्ने भारत बिहार मुंगेर थाना हवेली खडपपुर ग्राम बैजरपुर घर भएका ५५ वर्षीय सपन मण्डल, छप्कैया बस्ने भारत बिहार घर भएका बक्सर भन्ने ३५ वर्षीय नाजिर हुसैन र छप्कैया बस्ने ५० वर्षीय बाबर हुसैन रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई आ-आफ्नो घर ठेगानाबाट पक्राउ गरेको हो।

प्रदेश-२-०३-००१ ह ६६९ नम्बरको ई-रिक्सा चालक मुख्तार यही पुस २१ गते साँझ आफ्नो रिक्सासहित हराइरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगञ्ज महानगरपालिका-२३ इटियाहीस्थित नारायणी वयोधा अस्पतालको पछाडिपट्टि नहरमा पुस २२ गते मुख्तारको शव फेला पारेको थियो।

अनुसन्धानका क्रममा मृतकको रिक्सा, अभियुक्त सुनीलको १ थान अटो, घटनामा प्रयोग भएको १ थान फलामको रेन्च, अभियुक्तहरूको २ थान मास्क, रगत लागेको अभियुक्तको २ थान सर्ट, रगत लागेको अभियुक्तको १ थान ज्याकेट, रगत लागेको अभियुक्तको १ जोर जुत्ता र सिसिटिभी फुटेज लगायत प्रहरीले बरामद गरेको छ।

एउटै घरमा बस्दै आएका अभियुक्त सपन मण्डल र मुख्तारबीच झगडा भएको तथा उक्त झगडाको रिसइवी र आर्थिक प्रलोभनका कारण उनीहरू ५ जना र हाल फरार १ जना भारतीय नागरिक समेत मिलेर मुख्तारको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP