Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

कपिलवस्तु प्रहरीद्वारा पुसभर साढे ८७ लाख राजस्व संकलन, ६७ फरार पक्राउ

कपिलवस्तु । कपिलवस्तु प्रहरीले पुस महिनाभर ८७ लाख ६३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । आइतबार पुसको तथ्यांक सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालयले भन्सार छली र ट्राफिक कारबाहीबाट उक्त रकम संकलन भएको जनाएको हो । 

प्रहरीका अनुसार भन्सार छली शीर्षकतर्फ ६६ लाख ८७ हजार र ट्राफिक कारबाहीबाट २० लाख ७५ रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको सोही महिनामा कपिलवस्तु प्रहरीले ट्राफिक कारबाहीबाट १७ लाख ९२ हजार रुपैयाँ संकलन गरेको थियो । यस्तै भन्सार छलीतर्फ गत वर्षको पुसमा ३० लाख २२ हजार संकलन भएको थियो । 

कपिलवस्तु प्रहरीले पुसभरमा ६७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । गत वर्षको सोही अवधिमा १७ जना फरार पक्राउ परेका थिए । प्रहरीले पुसमा ४२ मुद्दा दर्ता भएकोमा २४ वटा फछ्र्योट गरेको छ । यसमा बीचमा जिल्लामा ८ जनाले आत्महत्या गरेका छन् ।

प्रहरीले पुसमा ५ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ । आन्तरिक शुद्धीकरणतर्फ प्रहरी निरीक्षक १, प्रहरी नायब निरीक्षक ४, प्रहरी सहायक निरीक्षक १३, प्रहरी हवल्दार ३, प्रहरी जवान ४ जनालाई सचेत गराइएको छ । 

कार्यक्रममा कपिलवस्तुका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले फैलिँदै गएको कोरोना भाइरसको नयाँ स्वरुप ओमिक्रोनको नियन्त्रणका लागी नेपाली र अवधि दुवै भाषामा जनचेतनामुलक सामग्री तयार गरी प्रचार प्रसार गरिएको, सार्वजनिक सेवा प्रवाहमा कोभिड कार्ड अनिवार्य गरिएको, १४३ वटा तपाँईको मास्क खोई कार्यक्रम पुनः गरिएको जानकारी दिए । 

यस्तै, राजमार्ग सुरक्षित र प्रदूषणरहित बनाउन कपिलवस्तु जिल्ला अन्तर्गत पर्ने महेन्द्र राजमार्गको वारपार आवागमनमा वाधा हुनेगरी राखिएका होर्डिङ बोर्डहरु हटाईएको र सो कार्यले निरन्तरता पाउने उनले बताए ।

जिल्ला प्रहरी कार्यालयको पुरानो भवनमा संचालित अपराध अनुसन्धान शाखा, कार्य शाखा, आर्थिक प्रशासन शाखा, प्रशासन शाखा लगायतका शाखाहरु रहेका कोठाहरुको पुनःनिर्माण गरी कार्यालयका सम्पुर्ण शाखाहरुलाई पुर्ण रुपले व्यवस्थित पारी कार्य संचालन गराइएको पनि एसपी कार्कीले बताए । 
‘अनुसन्धानको क्रममा हिरासतमा रहेका थुनुवाहरुको मानवअधिकार तथा सूचनाको हकको पूर्ण सम्मान गर्दै हिरासतकक्षमा पुस्तकालयको स्थापना गरिएको छ । उक्त पुस्तकालयमा राखिने पाठ्यसामाग्रीको पहिचान गरी छिट्टै राख्ने तर्फ पहल भइरहेको छ,’ उनले भने ।  

आगामी कार्ययोजनामा कोरोना नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम र उपचारमा सहजताको लागि स्वास्थ्य क्षेत्रसँग समन्वय गर्ने, पुराना फर्छ्योट हुन बाँकि पेन्डिङ मुद्दा अनुसन्धान तथा कारबाही गरिने एसपी कार्कीले बताए । ‘सीमा अपराध नियन्त्रणका लागि कपिलवस्तु प्रहरी र भारतको सिद्धार्थनगरको जिल्ला प्रहरीको संयुक्त पहलमा प्रविधिको प्रयोगको माध्यमबाट सूचना आदान प्रदान गर्नेछौं,’ उनले भने । 

स्रोतः पर्दाफास

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP