Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

गरगहना र नगद चोर्ने ७ महिला पक्राउ

चितवन : भीडभाड र महोत्सवको मौका छोपी गरगहना र नगद चोर्ने एउटा गिरोह नै पक्राउ परेको छ। पक्राउ पर्नेमा भारत गोरखपुर स्थायी ठेगाना भएकी प्रियङका देवी सोही ठाउंँकी अतिम्मा देवी, पायल देवी, नितु देवी, शिला देवी, मञ्जु देवी र आरोही भारती रहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मकर संक्रान्तिका अवसरमा देवघाटमा लाग्ने मेला तथा अन्य महोत्सवमा हुने भिडभाडमा सर्वसाधारणको नगद र गरगहना चोर्न आएका र चोरीमा संलग्न भारतीय मूलका महिला पक्राउ परेको प्रहरीले जनाएको छ।

उनीहरूले शनिबार सांढे १२ बजे भरतपुर महानगरपालिका-१० बस्ने बसन्त गिरी र सीता गिरीको नारायणगढस्थित शहिदचोकको फुटपाथमा सामान किन्ने क्रममा सीताको झोलामा रहेको नगद ६ हजार, एटिएम कार्ड २ थान र ९४ हजार मूल्य बराबरको २ थान सुनको औंठी चोरेको कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए।

चोरी भएपछि तत्काल त्यहींँ वरिपरि रहेका ती महिलाहरूमाथि खानतलासी गर्दा उक्त चोरी भएको सामान फेला परेको हो।

सो गिरोहले सोही दिन भरतपुर महानगरपालिका-५ बस्ने मायादेवी श्रेष्ठको २ लाख बराबरको सुनको सिक्री चोरेको किटानी जाहेरीको आधारमा उनीहरूमाथि जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP