Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

वीरगञ्जबाट बालिकाको उद्धार‚ एक पक्राउ

पर्सा : वीरगञ्ज नाका हुँदै भारत लैजान लागेको अवस्थामा प्रहरीले एक बालिकालाई उद्धार गरेको छ। बैतडी घर भएकी १४ वर्षीया बालिकालाई माइती नेपाल वीरगञ्जको समन्वयमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ स्थित शंकराचार्य द्वारबाट मंगलबार उद्धार गरेको हो। माघ ७ गतेदेखि घरबाट सम्पर्कविहीन भएकी ती बालिकालाई प्रहरीले खोजतलास गरिरहेको थियो।

बालिकालाई ललाई फकाई भारततर्फ लैजाँदै गरेको आरोपमा बालिकाका साथमा रहेका अर्घाखाँची सन्धिखर्क नगरपालिका– ७ घर भई हाल चितवन भरतपुर उपमहानगरपालिका–१ पोखरा बसपार्क बस्ने २८ वर्षीय राजु अधिकारीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

अधिकारीले बालिकासँग लगभग एक महिनाअघि देखि फोनमार्फत चिनजान गरेर अर्घाखाँची लगी विवाह गर्ने प्रलोभन देखाएर झुक्याई वीरगञ्ज बसपार्कसम्म ल्याएको खुलेको छ। अब पाँच मिनेटमा घर पुगिन्छ भनी इनर्वा नाका हुँदै भारततर्फ लगिँदै गरिएको अवस्थामा ती बालिकालाई उद्धार गरिएको प्रहरीको भनाइ छ।

जिल्ला अदालतबाट सात दिनको म्याद थप गराएर अधिकारीमाथि मानव बेचबिखन तथा ओसारपसार कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP