दैलेख : दैलेख प्रहरीले ५५ लाख बराबरको गरगहना सहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलालीको नारायणपुर गाउँपालिका साबिक–९ घर भई हाल दाङको तुलसीपुर उपमहानगरपालिका–१७ बस्ने डम्बरप्रसाद ढुङ्गाना र कैलाली टीकापुर नगरपालिका–९ घर भई हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ बस्ने २६ वर्षीय दीपक पाण्डे रहेका छन्।
सोमबार पक्राउ परेका उनीहरूको साथबाट ५५ लाख ४० हजार १३९ रुपैयाँ बराबरको चाँदी जस्तो देखिने गरगहना लगायत विभिन्न सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहले थाहाखबरलाई बताए।
प्रहरी प्रमुख शाहका अनुसार सुर्खेतबाट दैलेखतर्फ आउँदै गरेको भे १ च ३२१३ नम्बरको डबल क्याप बोलेरोमा अवैध सामान ल्याइँदै गरेको गोप्य सूचनाका आधारमा सोमबार दिउँसो चेक जाँच गर्दा उक्त गाडीमा ५५ लाख ४० हजार १३९ रुपैयाँ बराबरको चाँदी जस्तो देखिने सामान बरामद गरिएको जनाए।
उनीहरूले ल्याएको भे १ ज ३२१३ नम्बरको डबल क्याप बोलेरोमा चाँदी जस्तो देखिने विभिन्न सामान २१ हजार ७२५ किलोग्राम अन्दाजी २४ लाख ७६ हजार ६५० मूल्य बराबरको र पोते, पत्थर, गहना राख्न प्रयोग हुने डिब्बा लगायतका अन्दाजी १ लाख ६३ हजार ४८९ मूल्य बराबरको साथै बोलेरो गाडीमा अन्दाजी २९ लाख मूल्य बराबरको चाँदी जस्तो देखिने ५५ लाख ४० हजार १३९ मूल्य बराबरको सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद गरिएका सामग्री सोमबार नै आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाइएको दैलेखका प्रहरी प्रमुख शाहले बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया