धनगढी : गर्भवती श्रीमतीलाई कुटपिट र यातना दिई बलात्कार गरेको अभियोग लागेका अछामका युवकलाई साढे तीन वर्ष कैदको फैसला भएको छ।
उच्च अदालत दिपायलले वैवाहिक बलात्कारका आरोपीलाई तीन वर्ष ६ महिना कैद सजाय सुनाएको हो। २०७७ असोज २३ मा सुतिरहेको अवस्थामा आफूलाई बलात्कार गरेको भन्दै महिलाले श्रीमानविरुद्ध जाहेरी दिएकी थिइन्।
पीडितका साक्षीका रुपमा छिमेकीहरूले जबर्जस्ती करणी भएपछि गुहार मागेको भनी बयान दिएका थिए। तर युवकले भने सहमतिमै यौन सम्पर्क गरेको बयान दिएका थिए।
०७७ माघ २६ गते जिल्ला अदालत अछामले पीडितका श्रीमानलाई सफाइ दिएको थियो। सोमबार उच्च अदालत दिपायलका कामु मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश जगतबहादुर थापाको इजलासले जिल्ला अदालतको उक्त फैसला उल्ट्याउँदै कैदको फैसला गरेको हो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया