दाङ – दाङको तुलसीपुरमा अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । तुलसीपुर ३ बस्ने निशान शाही ठकुरी, त्यही वडाको गहते बस्ने सुमित भण्डारी,वडा नम्वर ९का प्रेम डाँगी, त्यहीँ ठाउँका दुर्गेश शर्मा र वडा नम्वर ८ का कमल विकलाई प्रहरीले पक्राउ गरेको हो ।
घटनामा संलग्न रहेका भनिएका तुलसीपुर ८ नयाँबस्ती २० वर्षीय विशाल सुनार भने फरार भएका ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख एवं डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।
उनीहरुमाथि अस्ति सोमवार बेलुका तुलसीपुर ३ दमारगाउँको जंगल नजिकैबाट सल्यान बागचौर नगरपालिका ९ घर भई अहिले तुलसीपुर ९ बेलुवामा कोठाभाडा लिएर बस्दै आएका १९ वर्षीय ललित वली र रमन डाँगीलाई कुटपिट तथा अपहरण गरेको आरोप लागेको छ । घटनाको अनुसन्धान भइरहेको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया