काठमाडौं : अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले कतारबाट अवैध तरिकाले लुकाएर सुन ल्याएको आरोपमा एकजनालाई पक्राउ गरेको छ । प्रहरीले सोमबार अन्दाजी सप्तरीका ३६ वर्षीय एमडी सौकात अलीलाई विमानस्थलको पार्किङस्थलबाट पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार कतारको दोहाबाट काठमाडौं आएका उनीलाई विशेष सूचनाका आधारमा पार्किङ एरियामा सोधपुछ एवं खानतलासी गर्दा अवैध रूपमा लुकाई छिपाई लिई सुनको ब्रासलेट टुक्रा थान-२ ल्याएको पाइएको हो। सुन करिब ९५ ग्राम भएको प्रहरीले जनाएको छ।
उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय,गौचरणमा बुझाइएको छ।

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया