Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

राजमोको आग्रह: भारतमा अलपत्र नेपालीलाई देशभित्रै क्वारेन्टाइनमा राखौं

काठमाडौं । राष्ट्रिय जनमोर्चाले ‘लकडाउन्’का कारण नेपालमा प्रवेश नपाएर सीमावर्ती भारतीय क्षेत्रमा अलपत्र परेका नेपालीलाई देशभित्रैको क्वारेन्टाइनमा राख्न आग्रह गरेको छ ।

राजमो उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले सोमबार (आज) वक्तव्य जारी गर्दै भारतका विभिन्न सीमाहरूमा अलपत्र परेर बसेका करिब एक हजार नेपालीले धेरै नै कष्टप्रद र पीडादायक जीवन बिताउन परिरहेको उल्लेख गर्दै उनीहरूलाई उद्दार गरी नेपाल ल्याइ क्वारेन्टाइनमा राख्न आवश्य व्यवस्था गर्न माग गरेकी छिन् ।

“भारतमा बसेका लाखौँ नेपालीहरूको रोजगार समाप्त भएपछि बेखर्चीभई भोकभोकै बस्ने स्थिति उत्पन्न भएको छ । उनीहरूलाई विश्व स्वास्थ्य संठनको प्रोटोकलअनुसार आवश्यक व्यवस्था गर्नका लागि भारत सरकारसित उच्चस्तरको कूटनीतिक पहल गर्न हामीले सरकारसित माग गर्दछौं ।” वक्तव्यमा भनिएको छ ।

यस्तै, राजमोले अहिले सम्पूर्ण विश्वमा नै कोरोना भाइरसका कारणले उत्पन्न भएको संकटको अवस्थामा संसारका अन्य देशहरूका नेपालीहरूको समस्यालाई समाधान गर्न वा आवश्यक काम गर्नुपर्ने पनि माग गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP