काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीसँग क्षमायाचाना माग्नुभएको छ । मंगलबार (आज) देशवासीलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले मुलुकमा ‘लकडाउन’ले परेको असुविधाप्रति क्षमा माग्नुभएको हो।
“तपाईँहरुलाई ‘लकडाउन’ले कति असर गरेको छ । त्यो सहजै थाहा हुन्छ ।” उहाँले सम्बोधनका क्रममा भन्नुभयो, ‘लकडाउन्ले परेको असुविधाप्रति क्षमा चाहन्छु ।’ यस्तै उहाँले सबै देशवासीमा अझै धैर्यता गर्नुपर्ने समेत बाताउनुभएको छ ।
मानव जातिलाई नै यत्ति ठूलो चुनौती दिने कोरोनाविरुद्ध लड्न विश्वको तयारी पर्याप्त रहेनछ भन्ने कुरा प्रमाणि भएको भन्दै नेपाल जस्तो मुलुकलाई हम्मेहम्मे पर्नु स्वभाविक नै भएको ताउनुभयो।
नागरिकको जीवन रक्षाभन्दा ठूलो दायित्व सरकारको अरु केही नुहने भन्दै उहाँले बिरामी ओसारपसारको लागि उपयुक्त व्यवस्था मिलाइएको जानकारी बताउनुभयो।
कोरोनाको महामारीसँग जुध्न प्रतिपक्षी दलसहित अन्य विभिन्न राजनीतिक दलले सरकारलाई दिएको साथको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा पनि समझादारी र एकता रहने विश्वस व्यक्त गर्नुभयो।
उहाँले वर्तमान सरकारले भ्रष्टाचार भएको थाहा पाए निर्ममताका साथ कारबाही गर्ने दोहोर्याउनुभयो। ‘वर्तमान सरकारले भ्रष्टाचार भएको थाहा मात्रै पाए पनि निर्ममताका साथ कारबाही गर्छ ।’ प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा भन्नुभयो ।
केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भ्रष्टाचारको कुरा उठाएर बेमौसमी बाजा बजाएको प्रधानमन्त्रीको आरोप छ । यस्तै उहाँले मूलधारका सञ्चारमाध्यमहरुलाई सही कुराको मात्रै प्रचारप्रसार गर्न आग्रह पनि गनुभएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया