Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

२७ वर्षअघि सार्वजनिक जग्गा हडपेका १३ जना विरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा हडपेको आरोपमा १३ जना विरुद्ध मुद्दा दायर गरेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१६ स्थित हिमाली प्रावि व्यवस्थापन समितिबाट निर्णय गराएर १३ जनाले सार्वजनिक जग्गा भोगचलन गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

अख्तियारका अनुसार २०५१ सालमा विद्यालय व्यवस्थापन समितिबाट निर्णय गराएर सरकारी र सार्वजनिक जग्गा वितरण गरिएको थियो । जग्गा भोगचलन भएको करिब २७ वर्षपछि अख्तियारले सोमबार विद्यालयका तत्कालीन अध्यक्ष यामबहादुर बानियाँ र तत्कालिन प्रध्यानाध्यापक यामबहादुर ठकुरी विरुद्ध आरोप पत्र दायर गरेको हो ।

अख्यितार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रध्यानाध्यापक, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु र जग्गा लिने समेतलाई प्रतिवादी बनाएर अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

स्थानीय सन्तबहादुर सिंजाली मगर, तिलुदेवी बराल, डोलराज आचार्य, डिलबहादुर आले, विष्णुमाया थापा, विष्णुप्रसाद लम्साल, शरणबहादुर विक, बलराम बानियाँ, बिनिबहादुर बानियाँ, बुद्धिमाया विक, बाबुराम बानियाँ र पूर्णबहादुर विकलाई प्रतिवादी बनाइएको छ । प्रतिवादी बनाइएका तीन जनाको भने मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP