Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

बहिनी बलात्कार आरोपमा दाजु पक्राउ

बझाङ :  सहोदर बहिनी बलात्कारको आरोपमा बझाङमा एक किशोर पक्राउ परेका छन्। १२ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी ज्ञानबहादुर विष्टका अनुसार किशोरविरुद्ध सोमबार मुद्दा दर्ता गरिएको छ। पीडित र आरोपित दुवैको नाम र र ठेगाना भने प्रहरीले गोप्य राखेको छ। बलात्कारको आरोप लागेका किशोरलाई जबरजस्ती करणीअन्तर्गत मुद्दा चलाइएको र थप अनुसन्धान भइरहेको उनले बताए।

ती किशोरले गत चैत ६ गते बेलुका ५०० रूपैयाँ दिने लोभ देखाएर बलात्कार गरेको प्रहरीले बताएको छ। आमा खेतमा मल फाल्न गएको मौका छोपी किशोरले बालिकालाई गाई गोठमा मोबाइलमा फिल्म देखाइ ५०० रुपैयाँ दिने लोभ देखाई बलात्कार गरेको र बलात्कारपछि पीडक भागेको उजुरीमा उल्लेख भएको डिएसपी विष्टले बताए। 

आमा घर फर्केपछि बालिकाले घटनाबारे बताएको र सोही आधारमा आमाले चैत ७ गते जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएकी थिइन्। उजुरीपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ती किशोरलाई पक्राउ गरेको हो।

बालिकाको स्वास्थ परीक्षण गरी महिला सुरक्षित आवास गृह सेभ हाउसमा जिम्मा लगाइएको डिएसपी विष्टले जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP