Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

बैंकिङ कसुर मुद्दाका फरार दोषी पक्राउ

काठमाडौं : बैंकिङ कसुर मुद्दाका फरार बारा जितपुर सिमरा उपमहानगरपालिका-२ बस्ने काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ ठेगाना भएका ६८ वर्षीय कृष्णबहादुर थापालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत काठमाडौंको गत फागुन २० गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष कैदको ठहर गरेपछि फरार रहेका उनलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय बाराको समन्वयमा जितपुर सिमरा उपमहानगरपालिका-४ बाट पक्राउ गरेको हो।

उच्च अदालत पाटनबाट २०७७ मंसिर २२ गतेको फैसलाले सोही मुद्दामा थापालाई १ करोड २५ लाख रूपैयाँ बिगो वापतको रकम जरिवाना र सो को कानुनबमोजिम हुने ब्याज समेतको बिगो दाखिला गर्नुपर्नेमा सो नगरी फरार रहेको घटनामा जिल्ला अदालत काठमाडौंले उक्त फैसला गरेको थियो। उनलाई फैसला कार्यान्वयनका लागि बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पठाइएको प्रहरी जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP