काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले आज देखि काठमाडौं उपत्यका सडकमार्फत समुद्रसम्म जोडिएको बताएका छन्।
आज चोभार सुख्खा बन्दरगाहको उद्घाटन कार्यक्रममा अर्थमन्त्री शर्माले समुद्रमा लोड भएका कन्टेनरहरु सडकमार्फत बन्दरगाह आउने भएकाले काठमाडौं समुद्रसँग जोडिएको जानकारी दिए।
उनले अब समुद्रबाट छुट्ने कन्टेनर सिधै चोभार सुख्खा बन्दरगाहमा आउने र व्यापार व्यवसायको प्रबर्द्धनमा सहयोग पुग्ने बताए।
साथै उनले रुस र युक्रेन बीचको युद्धले पेट्रोलियम पदार्थको मूल्य वृद्धि र रेमिट्यान्स खुम्चिए पनि फागुन मसान्त सम्ममा केही सुधार भएको दाबी गरे।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया