Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

पत्रकार केसीमाथि खुकुरी प्रहार गर्नेलाई थुना

काठमाडौं : अनलाइन टेलिभिजन पत्रकार संघले पत्रकार कुश्लभ केसीमाथि भएको आक्रमणको घटनामा दोषीलाई पुर्पक्षका लागि थुनामा पठाईएको भन्दै खुशी व्यक्त गरेको छ। 

आज पत्रकार सम्मेलनको आयोजना गर्दै संघले समाचार संकलनको क्रममा पत्रकार केसीमाथि खुकुरी प्रहार भएको घटनामा अहिले अदालतले दोषीलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको भन्दै खुशी व्यक्त गरेको हो।

कृष्ण सुनुवार र विष्णुकुमार कार्की बीच भएको आपसी लेनदेनको विषयलाई लिएर झगडा भइरहेको अवस्थामा रिपोर्टिङ गर्न पुगेका पत्रकार केसीमाथि विष्णुकुमार कार्कीले अचानक खुकुरी प्रहार गरेका थिए।

खुकुरी प्रहार भएको ६ महिनापछि उनलाई भक्तपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको संघले जानकारी दिएको छ। यसबाट थोरै भएपनि न्याय मिलेको आफूलाई महशुस भएको पीडित पत्रकार केसीले बताए। 

उनले संघले अनलाइन पत्रकारलाई परेको पीडामा साथ दिएको भन्दै त्यसको लागि आभार र धन्यवाद व्यक्त गरे। साथै, उनले नेपालमा युट्युब पत्रकारहरु पीडित व्यक्तिहरुको आशाको केन्द्र बनेको पनि दाबी गरे।

पत्रकारहरुलाई अनावश्यक रुपमा फसाउन खोज्ने क्रम बढेको भन्दै सबै पत्रकार एकजुट भएर लड्नुपर्ने अवस्था आएको पनि उनले बताए।

कार्यक्रममा बोल्दै अनलाइन टेलिभिजन पत्रकार संघका अध्यक्ष जीवन भण्डारीले ‘अनलाइन टेलिभिजन’ पत्रकारिता जगतको पाँचौ पुस्ता भएको भन्दै सबै पत्रकार आफ्नो पेशाप्रति इमानदार र जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने बताए। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP