Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

महेन्द्रनगर नगरविकास समितिको जग्गा घोटाला : ६४ जनाविरुद्ध मुद्दा दर्ता

कञ्चनपुर : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन महेन्द्रनगर नगर विकास समितिका तत्कालिन अध्यक्ष गोपाल रसाइली सहित ६४ जना विरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ।

अख्तियारले केही महिना अघि टोली खटाएर समितिको जग्गा सम्बन्धी लिज र बिक्री सम्बन्धी विस्तृत अनुसन्धान गरेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका महेन्द्रनगरस्थित कार्यालय प्रमुख रामबहादुर कुरुङवाङले तत्कालीन नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा गैरकानूनी तवरले लिज तथा बिक्री गरी सरकारी, सार्वजनिक सम्पत्तिको हिनामिना गरी भ्रष्टाचार गरेको प्रमाणसहित अख्तियारले मुद्दा दर्ता गरेको जानकारी दिए।

‘भ्रष्टाचार गरेको उजुरी निवेदन सम्बन्धमा अनुसन्धान गर्दा समितिको स्वामित्वमा रहेको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गर्दा अपनाउनु पर्ने विधि र प्रकृया विपरीत अध्यक्षहरूको एकल तोक आदेशको आधारमा व्यक्ति विशेषको नाममा दर्ता श्रेस्ता कायम गरी, गराई हक हस्तान्तरण गरेको देखिएको छ,’ उनले भने।

तत्कालीन अध्यक्षहरू, समितिमा कार्यरत कर्मचारी, सो जग्गा दर्ता श्रेस्ता कायम गर्ने कार्यमा संलग्न मालपोत कार्यालयका कर्मचारी, कित्ताकाट प्रकृयामा संलग्न नापी कार्यालयका कर्मचारी तथा जग्गा प्रथम तहमा प्राप्त गर्ने व्यक्तिविरुद्ध मुद्दा दर्ता भएको हो । कर्मचारीहरुले अर्बौको भ्रष्टाचार गरेकाले सोही अनुरुप बिगो कायम गरी मुद्दा दर्ता गरिएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP