Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

जबरजस्ती करणी गरी फरार अभियुक्त पक्राउ

गुल्मी :  १८ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरी फरार रहेका अभियुक्तलाई प्रहरीले  पक्राउ गरेको छ । किशोरीलाई जबरजस्ती करणी गरी फरार रहेका छत्रकोट गाउँपालिका ६ का ४३ वर्षीय उमबहादुर नेपाली पक्राउ परेका हुन्।  उनी १८ वर्षीय किशोरीलाई गत फागुन २ गते दौघामा रहेको स्थानीय लक्ष्मी नेपालीको गोठमा जबरबस्ती करणी गरी फरार थिए।

नेपालीलाई वैशाख १३ गते घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधव खरेलले जानकारी दिए। 
किशोरीको महिनावारी रोकिएपश्चात घर परिवारले स्थानीय मेडिकलमा स्वास्थ्य परीक्षण गर्न लगेका थिए। मेडिकलमा स्वास्थ्य जाँच गर्दा किशोरीको गर्भ रहेको खुलेपछि मात्र बलात्कारको उजुरी परेको प्रहरीले जनाएको छ । 

पक्राउपश्चात् नेपालीलाई जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP