Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

अपहरणपछि महिलाको हत्या गरेको आरोपमा तीनजना पक्राउ

रुकुम पूर्व – एक महिलाको अपहरण गरेर हत्या गरेको आरोपमा रुकुम पूर्वमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बहालवाला जनप्रतिनिधि, पालिका तह निर्वाचनका उम्मेदवार र एक जना माओवादी कार्यकर्ता रहेका जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।

प्रहरीका अनुसार रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाका ११ का वडाध्यक्ष जयकुमार बुढा, उहाँका भाइ अर्जुन बुढा र माओवादीबाट वडाध्यक्ष उम्मेदवार कुमार सिंह बुढालाई नियन्त्रणमा लिइएको हो । उनीहरुमाथि बैशाख १९ गते तकसेरा गाउँमा चुनाव प्रचार प्रसारका क्रममा सामान्य झडप भएको र स्थानीय ३९ वर्षकी दुँठी बुढा भन्ने जुनमाया बुढालाई अपहरण गरेर लगेको आरोप छ ।

अपहरणमा परेकी बुढालाई खोज्ने क्रममा स्थानीयले तकसेरादेखि करिब चार किलोमिटर माथि जंगलमा उनको शव फेला पारेर प्रहरीलाई खबर गरेका थिए । मृतक महिलाको कानबाट रगत बगेको र निर्वस्त्र अवस्थामा शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण खत्रीले जानकारी दिनुभयो । स्थानीयका अनुसार जुनमाया एमाले समर्थक कार्यकर्ता हुनुहुन्थ्याे ।

पालिका तह चुनावको प्रचार प्रसारको क्रममा माओवादी कार्यकर्ता, नेकपा एमालेका कार्यकर्ता र नेपाली कांग्रेसका कार्यकर्ता बीच पुथा उत्तरगंगामा पटक पटक विवाद र झडपसमेत हुँदै आएको छ । मृतक जुनमाया बुढाको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पोष्टमार्टमका लागि लिइएको छ । जिल्लामा असुरक्षित र सत्ताको प्रभावमा रिपोर्ट तथ्य नआउने भन्दै मृतकका आफन्तले नेपालगञ्ज वा बुटवल लिन माग गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई रुकुमकोट अदालतबाट दश दिनको म्याद गरेर अनुसन्धान कार्य सुरु गरिएको प्रहरीले जनाएको छ । 

नेकपा माओवादी केन्द्र रुकुम पूर्वले भने उक्त आरोप झुटो रहेको बताएको छ । जिल्ला इन्चार्ज तेजबहादुर ओलीले बुधबार एक विज्ञप्ति जारी गर्दै पालिका चुनावलाई प्रभाव पार्ने र आफ्नो पार्टीलाई बदनाम गर्ने उद्देश्यले आफ्ना नेता कार्यकर्तामाथि झुटो आरोप लगाएको बताउनुभएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP