ठमाण्डाै – बलात्कार आरोपी मनोज पाण्डेमाथि अनुसन्धान गर्न प्रहरीले अदालतबाट म्याद लिएको छ । सौन्दर्य प्रतियोगितामा सहभागी एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पाण्डेमाथि थप अनुसन्धानका लागि म्याद लिन प्रहरीले उनलाई आज साेमवार काठमाण्डाै जिल्ला अदालत पुर्याएकाे थियो ।
जिल्ला अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको जनाइएको छ । पाण्डेमाथि सौन्दर्य प्रतियोगितामा सहभागी युवतीले सामाजिक सञ्जालमार्फत आफूमाथि ६ महिनासम्म बलात्कार गरेको आरोप लगाएकी थिइन् ।
त्यसपछि पाण्डेलाई पक्राउ गरी कानुनअनुसार कारबाही गर्न सडक, सदन र सामाजिक सञ्जालबाट तीव्र दबाब आइरहेको थियो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया