Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

कर्मचारीबाट तीन लाख घुसलिने प्रधानाध्यापक विरुद्ध भ्रष्टाचारकाे मुद्धा

काठमाडौं : रौतहटको विश्वेश्वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक सहित २ जना विरुद्ध भ्रष्टाचारको मुद्धा दर्ता भएको छ।

करार अवधि थप गर्नका लागि कर्मचारीबाट तीन लाख रूपैँया घुस लिएका प्रधानाध्यापक राकेश कुमार ठाकुर र उनका मतियार दिपेन्द्र कुमार झा विरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको हो।

प्रधानाध्यापक ठाकुर सहित दिपेन्द्र सर्जिकल पसलका संचालक झालाई सेवाग्राहीबाट तीन लाख रुपैँया घुस लिइसकेको अवस्थामा गत चैत ३० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा प्रधानाध्यापक ठाकुरले करार अवधि थप गर्नका लागि घुस माग गरी झालाई पैसा लिन लगाएको पुष्टि भएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। उनका अनुसार प्रधानाध्यापक ठाकुरलाई ३ लाख रुपैँया बिगो कायम गरी सजायको मागदाबी गरिएको छ।

पसल संचालक झाले पनि घुस लिने दिने कार्यमा प्रत्यक्ष संलग्न भई मतियारको रुपमा कसुर गरेको देखिएकाले उनी विरुद्ध पनि तीन लाख रूपैँया नै बिगो कायम गरी कसूरदार सरह सजाय माग गरिएको आयोगले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP