काठमाडौं : काठमाडौंको कमलादीस्थित हात्तीसारमा रेहेको नेपाल हाउस रेष्टुरेन्टमा युवती बलात्कार गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रेष्टुरेन्टका वेटर दोलखा तामाकोशी गाउँपालिका–६ का २० वर्षीय जीवन फुयाँल खत्री छन्। पीडितले दिएको जाहेरीका आधारमा फुयाँललाई पक्राउ गरेर अनुसन्धान थालिएको काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले जनाकारी दिए।
रेष्टुरेन्टमा इन्टर्नसिप गरिरहेकी युवती बलात्कार भएको सूचना प्रहरीले गत सोमबार राति साढे ११ बजे पाएको थियो। त्यसपछि प्रहरी वृत्त, दरबारमार्गबाट टोली खटिएर अनुसन्धान सुरु गरेको थियो।
खत्रीलाई जबर्जस्ती करणीसम्बन्धी कसूरमा अदालतबाट ७ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया