काठमाडौं : काठमाडौंको टोखा नगरपालिका–१० गोंगबुबाट संरक्षित वन्यजन्तु हिउँ चितुवाको जस्तो देखिने छाला सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा धादिङ खानियाबास गाउँपालिका–२ झार्लाङका ४८ वर्षीय खार्पा तामाङ, गंगाजमुना गाउँपालिका–६ आरुबोटेका ३९ वर्षीय सुक बहादुर घले र सोही गाउँपालिका–६ बस्ने ४१ वर्षीय सूर्य बहादुर घले रहेका प्रहरीले जनाएको छ।
केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले जाँच तथा खानतलासी गर्दा गोंगबु एरियामा खार्पाले बोकेको झोलाभित्र लुकाई छिपाई बेरेर राखेको अवस्थामा उक्त छाला फेला पारी पक्राउ गरेको हो।
उनीहरूलाई बरामद छाला सहित आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया