काठमाडौं : काठमाडौं महानगरपालिका–३१ नगेन्द्रकान्छा चोकस्थित डेराबाट असार १ गते हराएका बालक भारतको पटनामा फेला परेका छन्।
असार १ गते बिहान साढे ६ बजे क्रिकेट खेल्न भनी निस्किएका १४ वर्षीय नवीन रुवालीलाई पटनाको रेल्वे स्टेशनबाट उद्धार गरिएको प्रहरीले जनाएको छ। भाइ नफर्केपछि दाइ भरत रुवाली सार्कीले असार २ गते प्रहरी वृत्त नयाँबानेश्वरमा हुलियासहित निवेदन दिएका थिए।
त्यसपछि खोजतलास गर्ने क्रममा बालक भारतको पटना पुगेको जानकारी आएको र भारतीय प्रहरीको समन्वय र सहयोगमा पटना रेल्वे स्टेशनबाट उद्धारगरी दाजु भरत रुवाली सार्कीलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया