Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

जापान बस्ने जग्गाधनीको नक्कली मृत्युदर्ता कागज बनाएर ७ करोडको जग्गा किर्ते गर्ने ५ जना पक्राउ

काठमाण्डाै – काठमाण्डौको कीर्तिपुरमा रहेको झन्डै सात करोड रुपैयाँको जग्गा किर्ते गरेर बेच्ने पाँच जना पक्राउ परेका छन् । २४ वर्षदेखि जापानमा बस्दै आएकी जग्गाधनी शान्तादेवी लोहनीको नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाएर उहाँको नाममा रहेको ११ आना दुई पैसा जग्गा किर्ते गरी अर्कैलाई बेच्ने पाँच जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दार्चुलाको मालिकार्जुन गाउँपालिकाका महावीर चन्द, सिन्धुपाल्चोकको मेलम्चीका गणेशबहादुर खनाल, सोलुखुम्बुको थुलुङ दुधकोसीका बाबुराम कार्की, नुवाकोटको तारकेश्वर गाउँपालिकाका प्रेमप्रसाद खनाल र काठमाण्डौको काभ्रेस्थलीकी डासीमाया श्रेष्ठ रहेका छन् । उनीहरूले जापानमा रहेकी जग्गाधनी शान्तादेवी लोहनीको मृत्यु भएको र उहाँको मृत्युपछिको हकवाला श्रीमान् तारानिधि लोहनी भएको भन्दै शान्तादेवीको जग्गा नक्कली तारानिधि लोहनीको नाममा नामसारी गरेका थिए । नामसारी भएको जग्गा उनीहरूले भक्तपुरकी सुनिता कर्माचार्यलाई २०७७ सालमै बिक्री गरिसकेका थिए ।

सक्कली जग्गाधनी शान्तादेवी लोहनीले नेपाल आएको बेला गएको जेठ १३ गते मालपोत कार्यालय कलङ्कीमा गएर आफ्नो जग्गाको बायाेमेट्रिक गर्ने क्रममा २०७७ सालमै जग्गा बिक्री भएको पाइएको थियो । पीडित शान्ताको उजुरीको आधारमा सीआईबीले जग्गा किर्तेमा संलग्न पाँच जनालाई पक्राउ गरेर आज आइतवार सार्वजनिक गरेको हो ।

पक्राउ परेका पाँच जनामध्ये दार्चुलाको मालिकार्जुनका महावीर चन्दले मृतक शान्ताको श्रीमान् तारानिधि लोहनी आफू नै भएकोले उनको नाममा रहेको ११ आना दुई पैसा जग्गा नामसारी गरी पाउँ भन्दै नक्कली नागरिकतासमेत बनाएर निवेदन दिइ जग्गा आफ्नो नाममा ल्याएका थिए । अरू चार जनाले उनलाई सघाउने र जग्गा बिक्रीमा संलग्न रहेको पाइएको छ । उनीहरूले विभिन्न ठाउँमा थप चार बिघा जग्गा किर्ते गरेर ठगीको तयारी गरिरहेको समेत पाइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP