Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

बुटवलमा म्याद सकिएका र अवैध औषधी बेचेको आरोपमा तीन जना पक्राउ

बुटवल- उपभोग्य म्याद सकिएका र अवैध औषधीमा नयाँ मूल्य र मिति राखेर बिक्री-वितरण गरेको आरोपमा तीन जनालाई बुटवलमा पक्राउ गरिएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार म्याद सकिएका औषधी र भिटामिनहरूमा नयाँ मूल्य र मिति राखेर बिक्री गरी जनस्वास्थ्यमा खेलवाड गरिएको भन्दै उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा बैतडीको नागार्जुन गाउँपालिका २ का २८ वर्षीय प्रकाश भण्डारी, वडा नं. ३ का २३ वर्षीय महेश भण्डारी र बैतडीकै दशरथचन्द नगरपालिका ११ का २६ वर्षीय हरिष भण्डारी छन्।

उनीहरूले बुटवल ७ दीपनगरमा रहेको बर्तोली प्रिन्टर्समार्फत् भिटामिन र औषधीहरूमा नयाँ मूल्य राखी गोदाम गर्दै आएका थिए।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले पक्राउ परेका व्यक्तिहरूले दीपनगरमा विभिन्न प्रकारका २ सय कार्टुन भिटामिन र औषधी गोदाम गरेर राखेको अवस्थामा बरामद गरेको जानकारी दिए।

त्यसैगरी, औषधीहरूमा नयाँ मिति र मूल्य टाँस गर्न प्रयोग गरिएको १ थान प्रिन्टिङ मेसिन समेत बरामद गरिएको केसीले जानकारी दिए।

nic
विगत ९ महिनादेखि दीपनगरमा सटर भाडामा लिएर मेडी बैंक संचालन गर्दै आएका उनीहरूले मिति सकिएका र कमसल खालका भिटामिन र औषधीहरूमा आफूखुसी मिति र मूल्य राखेर बिक्री-वितरण गरेको भन्ने थाहा पाएपछि प्रहरीले सोमबार छापा मारेको थियो।

प्रहरी नायब उपरीक्षक केसीले भारतमा उत्पादन गरिएको लेबल लेखिएका दुई दर्जन बढी नामका औषधी र भिटामिन बरामद गरिएको जानकारी दिए।

भारतबाट लेबल नलगाइएका र मिति र मूल्य समेत नराखिएका खुला औषधी लिएर नेपालमा आफूखुसी लेबल लगाएर बिक्री वितरण गर्दै आएको केसीले बताए।

सटर भाडामा लिएर संचालन गर्दै आएको मेडी बैंक दर्ता भए नभएकोबारे विभिन्न निकायमा सोधपुछ भइरहेको र लेबल गरिएका औषधी कहाँ कहाँ बिक्री हुँदै आएको थियो भन्ने समेत अनुसन्धान भइरहेको केसीले बताए।

बरामद गरेका औषधी र भिटामिनहरू चिकित्सकले क्यान्सर, मिर्गौला, हाडजोर्नीका बिरामीहरूलाई सिफारिस गर्दै आएका छन्।

डि, बि लगायतका विभिन्न भिटामिन र औषधीहरू विभिन्न प्रकारका बिरामीलाई सप्लिमेन्ट्रीको रूपमा प्रयोग हुने प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्रसिंह रेग्मीले अवैध रूपमा औषधीको लेबलिङ गर्दै आएका मुख्य अभियुक्त अहिले फरार रहेको र पक्राउ परेका तीनै जनाले त्यहाँ काम गर्दै आएको जानकारी दिए।

पक्राउ परेका उनीहरूमाथि सार्वजनिक हित स्वास्थ्य सुरक्षा र नैतिकता विरूद्धको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP